ट्रम्प र बाइडनबीच अन्तिम चुनावी बहस सम्पन्न

एजेन्सी, ७ कार्तिक । अमेरिकामा आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपतीय निर्वाचनका लागि चुनावअघिको अन्तिम बहस सम्पन्न भएको छ । 

रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार डोनल्ड ट्रम्प र रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार जो बाइडेनबीच आज अन्तिम चुनावी बहस सम्पन्न भएको हो ।

टेनेसी राज्यको नास्भिलमा भएको उक्त बहसको लागि तोकिएका बिषयमा कोभिड-१९ विरूद्धको लडाइ, अमेरिकी परिवार, जातिय बिषय, जलवायु परिवर्तन, राष्ट्रिय सुरक्षा र नेतृत्व थिए।

बहसकी प्रस्तोता एनबीसी न्यूजकी ह्वाइटहाउस संवाददाता क्रिस्टेन वेल्करले सुरुमै ट्रम्पलाई यसै महिनाको सुरुमा भएको पहिलो राष्ट्रपतिय बहसपछि १६ हजार अमेरिकीको कोभिड-१९ बाट ज्यान गुमाएकोबारे प्रश्न सोधेकी थिइन्।

महामारीको अर्को चरणमा कसरी नेतृत्व गर्नुहुन्छ भनेर सोध्दा ट्रम्पले भने: “हामीसँग खोप छ। त्यो आउँदैछ। त्यो तयार भइसकेको छ। त्यो केही सातामै घोषणा हुँदैछ।”

२ सय जति मात्र मानिसहरू बसिरहेको बहस हलमा यसपटक आयोजकले त्यहाँ उपस्थित सबैले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने नियम बनाएका छन्।

बाइडनलाई सुरुमा कोरोनाभाइरस देखा परेको चीनलाई सजाय दिन के गर्नुहुन्छ भनि सोधिएको थियो।

कोरोनाभाइरसको साटो ब्यापार र अर्थतन्त्रलाई जोडेर बाइडनको जवाफ थियो: “म चीनले अन्तर्राष्ट्रिय नियम अनुसार चलोस् भन्ने चाहन्छु।”

बहसअघि बाइडनका सल्लाहकारहरूले उनले उक्त कार्यक्रमलाई अमेरिकी जनतासँग सिधा कुरा गर्न प्रयोग गर्ने बताएका छन्।

ट्रम्पका एकजना रणनीतिकारले भने ट्रम्पले जो बाइडनलाई बोल्न दिएर उनलाई गल्ती गर्न दिनुपर्ने बताए।

विभिन्न माध्यमबाट गरिएका चुनावी सर्वेक्षणमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन रिपब्लिक उम्मेदवार ट्रम्पभन्दा अगाडि देखिएको बताइएको छ । सर्वेक्षणमा बाइडेनलाई ५० प्रतिशतभन्दा बढी मतदाताको समर्थन देखिएको छ भने ट्रम्पलाई झण्डै ४३ प्रतिशत मतदाताको समर्थन देखिएको छ ।

Leave a Reply