ट्रम्पद्वारा चुनावी अभियान औपचारिक रुपमा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

ट्रम्पद्वारा चुनावी अभियान औपचारिक रुपमा सुरु

trump

काठमाडौं, ४ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो वर्ष हुने राष्ट्रिपति चुनावका लागि आफ्नो चुनावी अभियान औपचारिक रुपमा सुरु गरेका छन् ।

ट्रम्पले दोस्रो कार्यकालका लागि चुनावी अभियानको सुरुवात फ्लोरिडाको ओरल्याण्डोबाट गरेका हुन् । नेपाली समय अनुसार बुधबार बिहान ओरल्याण्डमा आयोजित ¥यालीलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकालका लागि चुनावी अभियानको सुरुवात गरेका हुन् । उनले अमेरिकालाई ‘ग्रेट’ बनाइराख्नका लागि थप चार वर्ष आफूलाई विश्वास गर्न आग्रह गरेका छन् । चुनावी अभियानको औपचारिक घोषणा ¥यालीमा प्रथम महिला मिलानिया ट्रम्प पनि साथमा थिइन् ।

सन् २०१६ मा डेमोक्र्या्टिक पार्टीकी हिलारी क्लिन्टनलाई पराजित गरेर राष्ट्रपति बनेका ट्रम्पले सन् २०२० को चुनावमा गम्भीर चुनौतीको सामना गर्नु पर्ने देखिएको छ । उनका विभिन्न नीति तथा कार्यशैलीले धेरै अमेरिकीमा असन्तोष पैदा भएको विश्लेषण गरिन्छ । डेमोक्र्या्टिक पार्टीका तर्फबाट उम्मेदवार को बन्ने भन्ने तय भइसकेको छैन र पार्टीबाट उम्मेदवारी जित्नका लागि नेताहरुको कसरत चलिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);