मोदीको चीन र अमेरिकी सामरिक सम्बन्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मोदीको चीन र अमेरिकी सामरिक सम्बन्ध

modi and xi

काठमाडौं, ५ असार । ग्रिक दार्शनिक हेराकिलेटसले के उल्लेख गरेका छन् भने संसारमा परिर्वतन मात्रै शाश्वत सत्य हो । कूटनीतिमा यसको प्रयोग बढी देखिन्छ । कूटनीतिको तीब्रता र गतिशीलतालाई मापन गर्नका निम्ति रणनीतिक कौशलता चाहिन्छ ।

मोदीको पुनरागमका साथै विगत पाँच वर्षको उपलब्धीको अनुभवलाई उनले पुँजीकृत गर्दै कूटनीतिक क्षेत्रका मर्मज्ञ व्यक्ति डा. एस जयशंकरलाई परराष्ट्र मन्त्रीमा नियुक्ति गरेका छन् । डा. जयशंकर अमेरिका र चीनमा भारतका राजदूत भइसकेका व्यक्ति हुन् । भारत र अमेरिकाको न्यूक्लियर सम्झौतादेखि चीनसँगको डोकलम विवादलाई सहजीकरण गर्ने डा.जयशंकर भारतको पद्मश्री विभूषणबाट सुशोभित छन् । डा. जयशंकरको आगमनका साथ भारतले आफ्नो परराष्ट्र नीतिमा व्यापक परिर्वतन गर्ने जानकारको दाबी छ ।

वर्तमान अवस्थामा विश्व परिवेशमा दुई किसिमका राष्ट्रवादको बिगबिगी देखिन्छ । एशियाका राष्ट्र खास गरेर चीन, भारत, आसियान देशमा एउटा जोश, जॉगर, संकल्प र भविष्यमा नयॉ सम्भावना र चुनौतीसँग लड्न सक्ने उद्घोषका साथ आफ्नो पहिचान र इतिहासलाई कायम गर्नेमा ओतप्रोत देखिन्छ । युरोपेली राष्ट्रको राष्ट्रवाद भय र त्रासबाट ग्रसित छ । यी राष्ट्र आफ्नो सुविधा, सम्पन्नता, वैभव र प्रभुत्व गुम्ने भयबाट आक्रान्त देखिन्छन् । तदनुरूप यी देशको कूटनीति यही अवधारणाबाट प्रेरित देखिन्छ । विगत पॉच वर्षमा भारतको कूटनीतिको स्वरूप फेरिएको छ ।

पहिलेको अवस्थामा भारतको कूटनीतिले प्रतिक्रियात्मक (रियाक्टिभ) हुन्थ्यो भने वर्तमान अवस्थामा भारतीय कूटनीति संसारको रणनीतिक मञ्चमा मुद्दा स्थापित गर्न खोजेको छ । अहिले मोदीको सबैभन्दा ठूलो चुनौती अमेरिकी चिनियाँ नीतिलाई व्यावहारिक कूटनीतिअनुरूप अगाडि बढाउनु पर्ने देखिन्छ । जयशंकरको डमरु आगामी दिनमा यही मूलमन्त्रको आधारमा ध्वनित हुनेछ । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);