विप्लव नेकपाका जिल्ला अध्यक्षले गरे आत्मसमर्पण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विप्लव नेकपाका जिल्ला अध्यक्षले गरे आत्मसमर्पण

biplov- gyan bahadur chauhan

बझाङ, ५ असार । विप्लव निकट नेपाल कम्युनिष्ट पार्टीका एक जना जिल्ला स्तरिय नेताले आत्मसमर्पण गरेका छन । विप्लव निकट बझाङ जिल्ला शहिद तथा वेपत्ता परिवारका अध्यक्ष रहेका ज्ञानवहादुर चौहानले जिल्ला प्रसासन कार्यालयमा आत्मसमर्पण गरेका हुन् ।

आफुलाई विप्लव समुहले गरेका गतिविधी चित्त नबुझेको र सर्वसाधारण नागरिक सरहको जिवन यापन गर्न चाहेको भन्दै उनले प्रमुख जिल्ला अधिकारीलाई लिखित निवेदन दिएका थिए । नेकपा विप्लवका जिल्ला कमिटि सदस्य तथा खप्तड छान्ना गाउ“पालिकाको इन्चार्ज समेत रहेका चौहानले प्रशासनलाई लेखेको पत्रमा विप्लव समुहका कार्यकर्ताको सुचीबाट आफ्नो नाम समेत हटाईदिन अनुरोध गरेका छन ।

२०७४ सालबाट विप्लव समुहमा आवद्ध भएका चौहानलाई गत वर्ष मष्टा गाउँपालिकाका अध्यक्ष माथि दुव्र्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ परेका थियाे । १० हजार धरौटी तिरेर थुना मुक्त भए पछि भारत गएका चौहानले त्यहा“बाट फर्के लगतै आत्मसमर्पण गरेको बताए ।

‘विप्लवको राज्य विरोधी गतिविधी मन नपरेर आत्मसमर्पण गर्न आएको हु“’ उनले भने ‘विगतमा जे जसो भए पनि अवका दिनमा सर्वसाधारण नागरिक सरह राज्यको नियममा रहेर परिवार चलाउने छु’ उनले आगामी दिनमा आफुले व्यापार व्यवसाय गरेर परिवार चलाउने सोच बनाएको बताए । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);