विप्लव नेतृत्वको नेकपाले कब्जा गर्यो भैरहवाका बानियाँको घर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

विप्लव नेतृत्वको नेकपाले कब्जा गर्यो भैरहवाका बानियाँको घर

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले भैरहवामा रमानन्द बानियाँको घर कब्जामा लिएका छन् ।

शनिबार दिउँसो बानियाँको घर घेराउ गर्दै उनीहरुले कब्जामा लिएका हुन् । सिद्धार्थनगर नगरपालिका –५ मिलनचोकमा रहेको बानियाँको घरमा शनिबार दिउँसो पुगेका विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मिटरब्याज पीडितहरुको आग्रहमा घर घेराउ गरेर कब्जामा लिएका हुन । विप्लव समूहका जिल्ला नेता वीरेन्द्र विकले मिटरव्याज पीडित ऋणीको उपस्थितिमा शनिबार भैरहवास्थित मिलनचोक र बुद्धचोकमा रहेको बानियाँको घर घेराउ गरेको बताउनुभयो । घर कब्जामा लिनेक्रममा नेकपाले सभाको समेत आयोजना गरेको थियो ।

सभामा नेकपाका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज , जिल्ला सेक्रेटरी , जिल्ला सचिवालय सदस्यलगायतका नेताहरूले सम्बोधन गरेका थिए । बानियाँले मिटरब्याजमा पैसा दिएर ठगी गरेको भन्दै ६२ जनाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । प्रशासनले बेवास्ता गरेपछि ऋणीहरुले विप्लव नेतृत्वको नेकपामा लिखित उजुरी दिएका थिए ।

बानियाँले रुपन्देहीका झण्डै डेढ सयभन्दा बढी किसानलाई न्युनतम ७५ हजारदेखि १० लाखसम्म ऋण दिएर कपाली तमसुक, दृष्टिबन्धक गराएर किसानका करोडौं रकम ब्याजका नाममा ठगेको उजुरी आएको नेकपाको दावी छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बानियाँबिरुद्ध मिटर ब्याज पीडितहरुको उजुरी परेको र अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);