विप्लव कार्यकर्ताद्वारा नगरपालिकाका योजना शाखा प्रमुखमाथि दुर्व्यवहार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

१ असोज, चितवन । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले चितवनको रत्ननगर नगरपालिकाका योजना शाखा प्रमुख इन्जिनियर प्रकाशचन्द्र ढुंगानालाई मोबिल दलेका छन् ।

भष्ट्राचार गरेको आरोप लगाउँदै आइतबार इन्जिनियर ढुंगानालाई नेकपाका कार्यकर्ताले कार्यकक्षमै गएर मोबिल दलेका हुन् । इन्जिनियर ढुंगानाले परियोजना र संस्थागत बजेट पारिदिने नाममा कमिसन खाने गरेको, जग्गा र बाटोको सिफारिस गरेबापत सेवाग्राहीबाट कमिसन लिने गरेको लगायतका आरोप नेकपाले लगाएको छ । इन्जिनियर ढुंगानाले भने पटक–पटक चन्दा माग्दा पनि नदिएपछि नेकपाका कार्यकर्ताले दुव्र्यवहार गरेको बताउनुभयो । भ्रष्टाचार गरेको प्रमाणित गर्न उहाँले चुनौतीसमेत दिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दिपक थापाले इन्जिनियर ढुंगानालाई दुर्व्यवहार गर्ने नेकपाका कार्यकर्ताको खोजी भइरहेको बताए । यसैबीच, स्थानीय तह सम्बद्ध कर्मचारी संगठनका अध्यक्षहरुले संयुक्त विज्ञप्ति जारी गरी घटनाको कडा ढंगमा निन्दा गरेका छन् । कर्मचारीलाई दुव्र्यवहार गरेर आतंक फैलाउने खोजेको उनीहरुको आरोप छ ।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले कर्मचारीको भेला बेलाएर घटनाको निन्दा गर्दै यस्ता घटनाबाट हतोत्साही नभई जनताको काममा डटेर लाग्ने निर्देशन दिएका छन्।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);