सुर्खेतमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले दुईवटा ट्रक जलाए | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

सुर्खेतमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले दुईवटा ट्रक जलाए

सुर्खेत, ५ माघ । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै सुर्खेतमा २ वटा ट्रकमा आगजनी गरेको छ । नेपालगन्जबाट खाद्यान्न बोकेर सुर्खेत आउँदै गरेको ना. ६ ख ७३१३ नम्बरको ट्रक र ना. ६ ख १७३२ नम्बरको अर्को ट्रकमा  आगजनी भएको हो । आगजनीका कारण ट्रकमा पूर्ण रुपमा क्षेति पुगेको छ ।

पुस २२ गते बिधार्थीहरुको जिल्ला सम्मेलनमा जिल्ला भेरी ब्यूरो सदस्य गोविन्द योगी र अनेरास्वयु क्रान्तिकारी सुर्खेतका अध्यक्ष कमल बुढालाई झुठो मुद्धामा गिरफ्तार गरेको भन्दै उनिहरुको रिहाईको माग गर्दै विप्लव नेतृत्वको नेकपाले शनिवार सुर्खेत बन्दको घोषणा गरेको हो ।

नेकपाका कार्यकर्ताले शनिबार बिहान सुर्खेतको पश्चिम वडिचौरमा र सत्तरीमा ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । बन्दका कारण सुर्खेतबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);