अछामको मंगलसेन नगरपालिकाद्वारा हाटबजार संचालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

अछामको मंगलसेन नगरपालिकाद्वारा हाटबजार संचालन

शुसिल भण्डारी
अछाम, ५ माघ । अछाम जिल्लाको मंगलसेन नगरपालिकाले स्थानीय उत्पादनलाई बजारीकरण गर्ने उद्देस्यले आफैले हाटबजार संचालनमा ल्याएको छ । नगरपालिकाले मंगलसेन बजारबाट करीब ५ मिनेटको दुरीमा संचालन गरेको यो हाट बजारमा दुरदराजमा कृषकहरुले उत्पादन गरेका तरकारी, फलफुल र पशुजन्य सामानहरु पाइन्छ ।

गत हत्ताबाट यो बजार संचालनमा आएपछि गाउँ–गाउँ किसानहरु पनि खुसि भएका छन् । विगतमा उत्पादन भएका सामाग्री कहाँ, कहिले विक्रि गर्ने मात्र नभई विचौलियाले समेत दुख दिने गरेका थिए । तर, अब यस्तो समस्याबाट गाउँलेहरु समेत मुक्त हुने अपेक्षा गरिएको मंगलसेन नगरपालिका मेयर पदम बहादुर बोहाराले बताए । उनले बजार व्यवस्थित र सवैको रोजाईको केन्द्र बनाउन सहयोग लागि सवैसंग आग्रह गरेका छन् ।

अछामी जनताले उत्पादन गरेका सामानलाई उनीहरुको जीवन स्तरमा प्रयोग गर्ने हिसावले नगरपालिकाले शुरु गरेको यो काम राम्रो भएको अछामका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले बताए । यसले जिल्लाको उत्पादन वढ्नुको साथै बजार पाउन पनि गा¥हो भएकाहरु लाभान्विय हुने प्रमुख जिल्ला अधिकारी आचार्यको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);