रेसुंगा नगरको किसानमैत्री कार्य : कृषकको घरबाटै कृषि उत्पादन खरिद गर्ने, आफ्नै बजारबाट बिक्री गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रेसुंगा नगरको किसानमैत्री कार्य : कृषकको घरबाटै कृषि उत्पादन खरिद गर्ने, आफ्नै बजारबाट बिक्री गर्ने

गुल्मी । रेसुंगा नगरपालिकाले घरमै पुगेर कृषि उत्पादन खरिद गरेर आफ्नै हाटबजारमार्फत बिक्री गर्न थालेपछि कृषकसँगै उपभोक्ता खुसी भएका छन् । नगरपालिकाले कृषि उपजको बजारीकरणमा सुनिश्चित गर्दै बिचौलियाको अन्त्य र सुपथ मुल्यमा उपभोक्तालाई नगरको अर्गानिक तरकारी चखाउने उद्देश्यले तीन वर्षदेखि हाटबजार सञ्चालन गरिरहेको छ ।

यो हाटबजारको व्यावस्थापन राम्रो भए सम्भावना राम्रो रहेको छ । सडकको कारण रेसुंगा नगरसँगै विभिन्न स्थानीय तहको समन्वयमा गाउँगाउँका तरकारी तम्घास आउन सक्छ । त्योसँगै अर्घाखाँचीका दुई स्थानीय तह नजिक पर्ने भएकाले रेसुंगा हाट बजारको सम्भावना रहेको रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसालले बताए ।

तीनवटै सरकारको करिब दुई करोडको लगानीमा हाटबजार सञ्चालन गरिएको छ । संकलन केन्द्रमा पाँच टन क्षमताको अत्याधुनिक शीत भण्डारको समेत व्यावस्था गरिएको छ । नगर तथा बाहिरबाट आएका किसानहरूको कृषि उत्पादनलाई खरिद गरेर तत्काल बिक्री गर्न नसके शीत भण्डारमा स्टोर गर्ने गरिएको भुसालले बताए । नगरका प्रत्येक वडामा कृषि उपज संकलन केन्द्र स्थापना गरिएको छ ।

मेयर भुसालका अनुसार नगरपालिकाको गाडी धेरै उत्पादन गर्ने कृषकको घरमै र वडाका संकलन केन्द्रमा पुगेर कृषि उपज खरिद गरेर हाटबजारसम्म ल्याउने गरिएको छ । यो हाटबजार कोरोना संक्रमणको कारण ११ महिनादेखि बन्द रह्यो । गत फागुन अन्तिम साताबाट हाटबजार पुन संचालनमा आएको छ ।

रेसुङ्गा नगरपालिकाले कृषकको कृषि उत्पादन बजारीकरणमा पूर्ण सुनिश्चित गरेको छ । नगरका किसानलाई कृषि उत्पादनमा आकर्षित गर्न उत्पादनमा आधारित अनुदान र बजारको पूर्ण सुनिश्चित गर्दै हाटबजार संचालन गरिएको रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए । नगरले उत्पादनमा आधारित प्रति किलो दुई रुपैयाँ अनुदानको व्यावस्था पनि गरेको छ ।

रेसुंगा नगरपालिकाले हाटबजार सञ्चालन गरेसँगै कृषक र उपभोक्ता दुवैलाई फाइदा भएको छ । अहिले उत्पादन अनुसार १० देखि ३० प्रतिशतसम्म सस्तोमा उपभोक्ताले गुणस्तरीय कृषि उपज खरिद गर्न पाएको रेसुंगा नगरपालिकाका सूचना अधिकारी शंकरप्रसाद गौतमले जानकारी दिए । हाट बजारमा गाउँका आलु, गोपी, साग, मुला, गाजर, अदुवा, गिठादेखि कोदो र कोदोको पिठोसमेत बिक्री भइरहेको ।

सस्तोमा गुणस्तरीय एवं अर्गानिक तरकारी खान पाएकोमा उपभोक्ता पनि खुसी छन् । भूगोलको हिसावले थोरै अपायक भए पनि निरन्तर हाटबजार सञ्चालन भए धेरै उपभोक्ता हाटबजारबाट लाभाम्वित हुने तम्घासमा बसोबास गर्दै आएकी मालिका-४ की कल्पना जिसीले बताइन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);