वडाअध्यक्षको कृषि मोह, भन्छन्- आत्मनिर्भर बन्न आफैबाट सुरू गर्नुपर्छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

वडाअध्यक्षको कृषि मोह, भन्छन्- आत्मनिर्भर बन्न आफैबाट सुरू गर्नुपर्छ

दैलेख । भगवतीमाई गाउँपालिका-७ का वडा अध्यक्ष रत्नबहादुर शाही दिनभर वडा कार्यालयमा भेटिए पनि बिहान साँझ बारीमै भेटिन्छन् ।वडाबासीकाे सेवापछि माटाेसँग खेल्न उनलाई बानी परिसकेकाे छ । उनले घर नजिकैकाे बारीमा माैसमअनुसारकाे तरकारी खेती, फलफुल लगाएका छन् । उनी अरूलाई आत्मनिर्भर बन्न सल्लाह दिनुभन्दा आफैले काम गरेर देखाउने गरेकाे बताउँछन् । 

५८ वर्षीय शाही बारीमा पुगेपछि ३० वर्षीय जाेस आउने सुनाउँछन् । २०४९ सालबाट राजनीतिमा सक्रिय उनले त्यतिबेलै गाविस अध्यक्षको चुनाव लडेका थिए । तर, त्यसबेला असफल भए । पुन: २०६४ सालमा उपाध्यक्षमा लडे । कृषि कर्मसँगै राजनीति नछाेडेका शाहीले २०७४ सालमा राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट वडा अध्यक्ष जिते । वडा अध्यक्ष जितेर जनतामाँझ काम गर्दैगर्दा उनले धेरै कुरा सिकेकाे बताए ।

 शाहीले चार रोपनी जग्गामा सुन्तला र तीन रोपनी जग्गामा डेढ सय बोट अलैँची लगाएका छन् । यसबाट उनले मनग्य आम्दानी लिइ रहेका छन् । उनकै सिकाे गर्दै अहिले गाउँमा धेरै किसानले व्यवसायिक तरकारी खेति गरेका छन् ।  

भगवतीमाई गाउँपालिका-७ का वडाअध्यक्ष शाही कृषिमा मात्र नभएर विकास निर्माणमा पनि अन्य वडाको तुलनामा अब्बल देखिन्छन् । शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटोको उचित व्यवस्था गरेका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);