रारामा नेचर गाइड अलपत्र  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

रारामा नेचर गाइड अलपत्र 

मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल रारा आउने बाह्य तथा आन्तरिक पर्यटकहरूकाे  सहजको लागि तयार पारिएको नेचर गाईट पछिल्लो समय अलपत्र अवस्थामा परेको छ ।

रारा राष्ट्रिय निकुञ्जले राराको जैविक विविधता, वन्यजन्तु, चराचुरुङ्गी र पदमार्गलाई लक्षित गरि दुई वर्ष पहिले रारा आथित्य सत्कारका लागि नेचर गाइड सञ्चालनमा ल्याएको थियो । तर, पछिल्लो समय मध्यवर्ती क्षेत्र समिति र वार्डेनले नेचर गाइडको लागि कुनै पनि योजना तयार नपारेकाले अहिले सो कार्यक्रम अलपत्र अबस्थामा परेको रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुका रेन्जर पदम बुढाले बताए । रारामा नेचर गाइडको लागि ३३ जनालाई १५ दिनसम्म क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको थियो । 

रारा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई सहज  बनाउन गत वर्ष १-६  फागुनसम्म  नेचर गाइड तालिमको आयोजना गरी रारा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई  रारा पुग्ने पदमार्ग वन्यजन्तु, चराचुरुङ्गीदेखि  राराको जैविक विविधताबारे जानकारी गराउन नेचर गाइड तयार गरिएको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जानकारी दिएको छ । 

राष्ट्रिय वन्यजन्तु संरक्षण ऐन २०२९  हिमाली राष्ट्रिय निकुञ्ज नियमावलि २०३६ अनुसार प्रत्येक निकुञ्जले अनिवार्य नेचर गाइड राख्नु पर्ने व्यवस्था भए पनि रारा राष्ट्रिय निकुञ्जले नेचर गाइड तयार गरेको थिएन । सोही नियमावलीलाई आत्मसाथ गर्दै निकुञ्जले नेचर गाइड तयार गरे पनि हाल अलपत्र अवस्थामा परेको बुढाले बताए । पूर्ववार्डेन लालबहादुर भण्डारीको कार्यकालमा उक्त कार्यक्रमको थालनी गरिएको थियो । भण्डारी सरुवा भई जाँदा कुनै पनि सुरसार भएको छैन । 

मध्यवर्ती क्षेत्र भित्रका  समुदायको आर्थिक उन्नति रारा आउने आन्तिरिक तथा बाह्य पर्यटकहरूलाई राराबारे सहजै जानकारी गराउनुका साथै निकुञ्जभित्र रहेका जैविक विविधता, वन्यजन्तु, वनस्पति, चराचुरङ्गी धार्मिक तथा सांस्कृतिक परम्पराकाबारे सहजै रुपमा पर्यटक जानकारी गराउने उद्देश्य र रोजगारको सिर्जना हुनुका साथै नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुर्‍याउने उद्देश्यले नेचर गाइड उत्पादन गरिएको थियो । रारामा नेचर गाइड तयार पारेपछि पछिल्लो समय के भइरहेको छ ? भनेर निकुञ्जका वार्डेन बद्री विनोद दाहालसँग बुझ्दा यसबारेमा आफूलाई त्यति जानकारी नभएको बताए ।  

रारामा मात्र २७२ प्रजातिका चराचुरुङ्गी छन् । विश्वमा नपाइने असला जातको माछा, विभिन्न प्रकारका वनस्पतिका साथै यहाँको छुट्टैखाले जैविक विविधता छ । यहाँ पुग्ने जो कोही पर्यटहरूले सबै जानकारी लिन खोज्छन् । योभन्दा अगाडि यि सबै विषयमा ज्ञान भएका जनशक्ति नहुँदा  जानकारीविना पर्यटक फर्किन्थे । अब राराबारे ज्ञान भएका नेचर गाइड उत्पादन भएपछि पर्यटकहरूले सबै जानकारी पाउने छन् । 

छाँयानाथ रारा नगरापालिका-८ झयारी गाँउका दानबहादुर रावल नेचर गाइडको तालिम पाएपछि अबका दिनबाट व्यावसायिक रुपमा नेचर गाइडको पेसालाई अगाडि बढाउने बताउँछन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);