रारामा वैशाख १ गतेदेखि फ्री वाइफाइ सेवा सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

रारामा वैशाख १ गतेदेखि फ्री वाइफाइ सेवा सञ्चालन

free wifi

काठमाडौं, २८ चैत । कर्णाली प्रदेश सरकारले नेपालकै सबैभन्दा ठूलो ताल रारामा वैशाख १ गतेदेखि फ्री वाइफाइ सेवा सञ्चालन गर्ने भएको छ । रारा कर्णाली पर्यटन वर्ष ’२०७५’को शुभारम्भ कार्यक्रमसँगै रारामा घुम्न जाने पर्यटकका लागि आगामी वैशाख १ गतेदेखि फ्री वाइफाइको सेवा जडान गर्न लागिएको हो ।

सरकारले रारा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै रारा ताल वरपर फ्री वाइफाइको व्यवस्था गर्न लागेको कर्णाली प्रदेश सरकारका प्रवक्ता, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । पर्यटकलाई सूचना प्रविधिमा सहज पहुँच र्पुयाउन तथा उनीहरुलाई अभ्यस्त बनाउन रारा ताल वरिपरि निःशुल्क वाइफाइको व्यवस्था गरिने भएको हो ।

रारा कर्णाली पर्यटन वर्ष ’२०७५’ को शुभारम्भसँगै रारामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई टेलिफोनको सहजताका लागि मोबाइल सेवाको टावर राख्ने तयारी भइरहेको पनि भैरहेको छ । कर्णाली प्रदेश सरकारले नेपालकै सबैभन्दा ठूलो ताल रारामा वैशाख १ गतेदेखि फ्री वाइफाइ सेवा सञ्चालन गर्ने भएको छ । रारा कर्णाली पर्यटन वर्ष ’२०७५’को शुभारम्भ कार्यक्रमसँगै रारामा घुम्न जाने पर्यटकका लागि आगामी वैशाख १ गतेदेखि फ्री वाइफाइको सेवा जडान गर्न लागिएको हो ।

सरकारले रारा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै रारा ताल वरपर फ्री वाइफाइको व्यवस्था गर्न लागेको कर्णाली प्रदेश सरकारका प्रवक्ता, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । पर्यटकलाई सूचना प्रविधिमा सहज पहुँच पुर्याउन तथा उनीहरुलाई अभ्यस्त बनाउन रारा ताल वरिपरि निःशुल्क वाइफाइको व्यवस्था गरिने भएको हो ।

रारा कर्णाली पर्यटन वर्ष ’२०७५’ को शुभारम्भसँगै रारामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई टेलिफोनको सहजताका लागि मोबाइल सेवाको टावर राख्ने तयारी भइरहेको पनि भैरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);