अन्तर स्थानीय तह समन्वय बढाउँदै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अन्तर स्थानीय तह समन्वय बढाउँदै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

गुल्मी । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना गुल्मीले १२ स्थानीय तहबीच सम्बन्ध र सहकार्य बढाउँदै लगेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तीनवटै सरकारमार्फत काम गरिरहेको छ ।

तीनै प्रकारका सरकारको समन्वय अभावमा कैयौ कृषि र पशु विकासका योजना प्रभावहीन भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सोही अवस्थाको अन्त्यका लागि तीनवटै सरकारमार्फत सञ्चालन भएका योजना र कार्यान्वयन प्रक्रियाको बारेमा छलफल र अन्तरक्रिया गरिरहेको छ ।

परियोजनाले अन्तरस्थानीय तहबीच सिकाइ आदान-प्रदान र एकै प्रकारका कार्यक्रमबाट हुने दुरुपयोग रोक्न जिल्लाका १२ स्थानीय तहका कृषि तथा पशु प्राविधिकलाई अभिमुखीकरण गरिरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ, गुल्मीका निमित्त वरिष्ठ कृषि अधिकृत श्रीकृष्ण न्यौपानले जानकारी दिए ।

अहिले कृषि तथा पशु प्राविधिकलाई पकेट तथा व्लक विकाससम्बन्धी अभिमुखीकरण गरिएको हो । परियोजनाका निमित्त वरिष्ठ कृषि अधिकृत श्रीकृष्ण न्यौपानले परियोजनाको अवस्था र कार्यान्वयन प्रक्रिया, पकेट विकास कार्यक्रमबारे म्यानुअलमा रहेको व्यवस्था र गत आर्थिक वर्षमा सञ्चालित पकेट विकास कार्यक्रमको प्रगति समीक्षा तथा चालू आर्थिक वर्षको पकेट विकास कार्यक्रमबारे छलफल गरेका थिए । 

त्यस्तै कृषि प्राविधिक नारायणी गाहाले जोन तथा सुपरजोनका कार्यक्रम र प्रकाशित सूचना र अवस्थाबारे जानकारी दिएकी थिइन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले परियोजना तीनवटै सरकारमार्फत कृषि र पशुको क्षेत्रमा काम गरिरहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइमार्फत जोन तथा सुपरजोन, कृषि ज्ञानकेन्द्रमार्फत ब्लक र स्थानीय तहमार्फत पकेट विकास कार्यक्रम सञ्चालन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ, गुल्मीका निमित्त वरिष्ठ कृषि अधिकृत श्रीकृष्ण न्यौपानले जानकारी दिए । 

गुल्मीमा कफि सुपरजोनमार्फत सबै स्थानीय तहमा काम भइरहेको छ । इस्मा, सुत्यवति, रेसुंगा, रुरुक्षेत्र, सत्यवति, छत्रकोट र गुल्मी दरबारलगायतका स्थानीय तहका बढी वडामा कफीको काम भइरहेको कृषि प्राविधिक नारायणी गाहाले जानकारी दिइन् । 

त्यस्तै सुन्तला जात फलफुल जोन मार्फत मदाने, धुर्कोट, रेसुंगा, मुसिकोट, चन्द्रकोट, कालीगण्डकी, छत्रकोट र गुल्मी दरवारमा काम भइरहेको छ । बाख्रा जोनमार्फत मालिका, मदाने, इस्मा, धुर्कोट, मुसिकोट र मकै जोनमार्फत मुसिकोट, चन्द्रकोट, सत्यवति, छत्रकोट रुरुक्षेत्र र गुल्मी दरवारमा विभिन्न कार्यक्रम भएको गाहाले बताइन् । यसैबीच मकै जोन (अनुशरण) मार्फत मालिका, मदाने, इस्मा, धुर्कोट र रेसुंगामा काम भएका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);