बागलुङ नगरपालिकामा तरकारी हाटबजार शुरू | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बागलुङ नगरपालिकामा तरकारी हाटबजार शुरू

बागलुङ, १ असार । लामो समयको बन्दाबन्दीपछि बागलुङ नगरपालिकामा तरकारी हाटबजार शुरू भएको छ । तर बाहिरी जिल्लामा उत्पादन भएका तरकारीमा भने प्रतिबन्ध लगाइएको छ । बागलुङ जिल्लामा उत्पादित तरकारीले जिल्लाका नागरिकलाई  पुग्ने भएकोले नगरपालिकाले बाहिरी जिल्लाबाट आउने तरकारीलाई जिल्ला भित्रिन नदिने निर्णय गरेको हो।

बाग्लुङ नगरपालिकामा बाहिरी जिल्लाबाट आयात हुने तरकारीमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाका कृषक, तरकारी व्यवसायी, बागलुङ उद्योग वाणिज्य संघ लगायतका प्रतिनिधिको बैठकले जिल्लामा नपाइने टमाटर र फलफूल मात्रै नेपाल भित्रैका जिल्लाबाट आयात गर्ने सहमति गरेको छ । बजारमा बिचौलियाको कारणले गर्दा तरकारी उत्पादन गर्ने कृषक र तरकारी खरिद गर्ने उपभोक्ता पनि मर्कामा परेको गुनासो आएपछि कृषक र उपभोक्ताको हितकालागि यस्तो निर्णय गरिएको अगुवा कृषकहरुले बताएका छन् ।

अहिले पनि प्रहरी प्रशासनको मिलेमतोमा बाहिरबाट आएका फलफूल तथा तरकारी रातारात नाका कटाउने गरेको कृषकहरूको गुनासो छ । जिल्लामा उत्पादित तरकारीको सहज बजारीकरणकोलागि हाटबजार स्थापना गरेको नगरपालिकाले जनाएको छ ।
हाटबजारले स्थानिय कृषकहरुलाई प्रोत्साहन गर्ने र बाह्य तरकारीहरुलाई निरुत्सान गर्ने नगरपालीकाले जनाएको छ । बागलुङ नगरपालिका–३ गुठीमा हप्ताको २ दिन मंगलबार र शनिबार खुल्ला गर्ने गरि कृषि हाटबजार संचालनमा ल्याइएको हो ।

हाट बजारमा विचौलिया विना नै कृषक र ग्राहक  सिधा सम्पर्कको अपेक्षा गरिएको छ । विचौलियाको कारण किसानले उचित मुल्य नपाउने र उपभोक्तालाई महंगो पर्ने गरेको छ । बागलुङमा हाटबजार संचालनमा आएपछि विचौलियाहरु चलखेल गर्न थालेको गुनासोहरु पनि आउन थालेको छ । नगरपालिकाले बाहिरी जिल्लाको तरकारीमा प्रतिवन्ध लगाएपछि जिल्लामा उत्पादित तरकारीमा विचौलियाले मूल्य वढाएको कारण मारमा परेको उपभोक्ताहरुले गुनासो गर्न थालेका हुन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);