लकडाउनको कारण कपिलबस्तुको तिलौराकोट सुनसान बन्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

लकडाउनको कारण कपिलबस्तुको तिलौराकोट सुनसान बन्दै

कपिलवस्तु, १ असार । कुनै बेला पर्यटकले भरिभराउ हुने कपिलबस्तुको तिलौराकोट अहिले सुनसान छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले लागू गरेको लकडाउनको कारण पर्यटक आवागमन ठप्प भएसंगै यो क्षेत्र लामो समयदेखि सुनसान बनेको हो ।

कपिलवस्तुको तिलौराकोट प्राचीन समयमा राजा शुद्धोधनको राजप्रसाद तथा भगवान गौतम बुद्धको २९ बर्षको युवा अवस्था बितेको क्रीडा स्थलको रुपमा परिचित छ । बौद्ध धर्मावलम्बीहरुले निक्कै महत्वपुर्ण मान्ने तिलौराकोटमा विभिन्न देशका पर्यटकका साथै बौद्ध मार्गीहरु आउने गरेको भए पनि अहिले लकडाउनका कारण सुनसान रहेको छ । तिलौराकोटको मुख्य प्रवेशद्धार सँगै अन्य ढोकाहरु पनि बन्द गरिएको छ ।

यस क्षेत्रमा म्यानमार, श्रीलङ्का, थाईल्याण्ड, भारत, अमेरीका, चीन लगायतका देशबाट पर्यटकहरु आउने गरेका छन् । तिलौराकोटमा अहिले एकजना पनि पर्यटक देख्न सकिँदैन । मार्च देखि जुलाई सम्मको समयमा अत्याधिक मात्रामा आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्दथे । तर अहिले पर्यटन आवागमन ठप्प भएकोले अर्थतन्त्रमा समेत ठुलो धक्का परेको छ ।

आर्थिक वर्ष २०७७/०७८ को बजेटमा पनि सरकारले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने प्रक्रिया अगाडी बढाउने घोषणा गरेको छ । कोरोना महामारीको प्रकोप सकिएपछि भने प्राचिन कपिलबस्तु दरबार र कपिलबस्तुको ऐतिहासिक ठाँउमा स्वदेशी तथा बाह्य पर्यटकको चाप पुन बढ्ने विश्वास छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);