उत्तर कोरियाले गरेको न्युक्लियर मिसाईल परीक्षणप्रति नेपालको भर्त्सना | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

काठमाण्डौँ, १ असोज। उत्तरकोरियाले भदौ ३० मा गरेको ‘न्युक्लियर मिसाईल परीक्षण’प्रति नेपालले भर्त्सना गरेको छ ।

 

परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै उत्तर कोरियाको उक्त कार्य प्रति आपत्ति जनाउँदै संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को संकल्पविपरित भएको बताएको छ ।

 

सुरक्षा परिषद् र अन्तर्राष्ट्रिय समुदायको बारम्बारको चेतावनीलाई वेवास्ता गर्दै उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण कायम राख्नु निन्दनीय रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

नरसंहारका लागि प्रयोग हुने हातहतियार निःशस्त्रीकरण गर्नुपर्ने सिद्धान्तमा नेपाल सधैं अविचलित रहेको परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ– ‘नेपालले कोरियाली प्रायःद्विपमा शान्ति र स्थिरता चाहेको छ ।’

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);