चाडपर्वमा पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउँछौः महानगरीय प्रहरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

१ असोज,काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले दसैं, तिहार र छठजस्ता चाडपर्वमा पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउने गरी उपत्यकाको सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ ।

परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुकले दसैं, तिहार र छठमा अप्रिय घटना हुन नदिने गरी उपत्यकाको सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिनु भएको हो । आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले उपत्यकाबाट चाड पर्वका लागि गन्तव्यतर्फ जाने यात्रुहरुलाई समेत पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन र कुनै पनि किसिमको अप्रिय र अपराधिक घटना हुन नदिन ३ चरणको सुरक्षा रणनीति तय गरी सोही अनुसार प्रहरीको योजनावद्ध परिचालन गर्न लागिएको पनि स्पष्ट पार्नु भयो ।

परिसरले चाडपर्वको अवसर पारेर हुने चोरी र अपराधका घटना हुन नदिन बसपार्क टिकट काउन्टरमा समेत सुरक्षाकर्मीहरुको व्यापक परिचालन गर्ने योजना बनाएको छ । स्थानीय प्रशासनसँग समन्वय गरेर शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउने पनि वरिष्ठ प्रहरी उपरीक्षक धानुकले बताउनु भयो । प्रहरीले चाड पर्वकै अवसर पारेर बजार अनुगमनको कामलाई पनि तीव्रता दिएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);