उत्तर कोरियाद्वारा व्यालिस्टिक मिसाइल प्रहार | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

उत्तर कोरियाद्वारा व्यालिस्टिक मिसाइल प्रहार

एजेन्सी । उत्तर कोरियाले एउटा व्यालिस्टिक मिसाइल प्रहार गरेको छ । उत्तरले प्रहार गरेको मिसाईल पूर्वी सागरमा खसेको दक्षिण कोरियाले जनाएको छ । एक साताअघि मात्र उत्तरले आवाजभन्दा चाँडो पुग्ने हाइपरसोनिक मिसाइल प्रहार गरेको थियो ।

उत्तरले गत साता प्रहार गरेको हाइपरसोनिक मिसाइलबारे राष्ट्रसंघको सुरक्षा परिषद्मा छलफल भइरहेका बेला प्योङयाङले मिसाइल प्रहार गरेको हो । ‘उत्तर कोरियाले मंगलबार स्थानीय समयअनुसार साढे सात बजे प्रहर गरेको व्यालिस्टिक मिसाइललाई हाम्रो सेनाले पहिचान गरेको छ,’ सीउलको जोइन्ट चीफ अफ स्टाफले संयुक्त विज्ञप्तिमा भनेको छ । उत्तरले मिसाईल प्रहार गरेको जापानले पनि पुष्टि गरेको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);