विप्लव नेकपाका नेता बास्तोला रिहा | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

विप्लव नेकपाका नेता बास्तोला रिहा

काठमाडौं, २१ फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बास्तोलालाई प्रहरीले रिहा गरेको छ। बास्तोललाई शुक्रबार बिहान काभ्रे प्रहरीले रिहा गरेको हो ।

स्थायी कमिटी सदस्यसमेत धमेन्द्र बास्तोला संगठित अपराध, आगजनीलगायतका मुद्दामा ११ दिनदेखि जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा रहेका थिए ।

नेकपाका सचिवालय सदस्य एवम् विदेश विभाग प्रमुख समेत रहेका बास्तोला, सरकार र विप्लव समूहबीच सहमति भएपछि रिहा भएका पहिलो नेता हुन् । बिहीबार सरकार र विप्लव समूहबीच सहमति भएको थियो ।

सहमतिमा विप्लव समूहका नेता तथा कार्यकर्तालाई रिहाई गर्ने पनि निर्णय भएको थियो । गृहमन्त्रालयले पनि बिहीबार साँझ नै शुक्रबारसम्म सबै नेता कार्यकर्ताहरुलाई रिहा गर्न देशभर सर्कुलर समेत जारी गरेको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);