प्रतिक्षा शर्मा
काठमाडौं, १३ माघ । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विधार्थी संघ सडकमा उत्रिन थालेको छ । प्रधानमन्त्री र उनले नेतृत्व गरेको सरकार अधिनायकवादी शैलीमा अघि बढेको नेपाल विधार्थी संघले आरोप लगाउँदै विरोध प्रदर्शन गरेको हो।
गत भदौमा नै गनुुपर्ने महाधिवेशन माघ सम्म पनि गर्न नसकेर अलमलमा परेको नेपाल विधार्थी संघ अब आन्तरिक किचलोबाट निस्किएर सरकार विरुद्धको आन्दोलनमा होमिएको छ । पार्टी भित्रकै एक गुटलाइ अर्को गुटले खेदिरहेको नेपाल विधार्थी संघ अब आन्दोलनमा उत्रिएर पार्टीको समस्या पर सार्ने र सरकार विरुद्ध आगो ओकल्ने ध्याउन्नमा छ ।
यसैकारण मातृ पार्टी नेपाली कांग्रेसले सदनबाट विरोधको विच चिकित्सा शिक्षा विध्येक पारित भएपछि अब सदन र सडक दुवै ठाउ तताउने निर्णय गरे संगै नेपाल विधार्थी संघ सडकमा उत्रिएको हो । आइतवार राजधानीको दुइवटा क्याम्पस त्रिचन्द्र र पशुपतिमा अध्ययनरत नेपाल विधार्थी संघका विधार्थीहरुले मातृ पार्टीले जस्तै सरकारले अधिनायकवादी शैली अपनाएको भन्दै विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले आइतबार बिहान त्रिचन्द्र कलेज र पशुपति क्याम्पस अगाडि प्रधानमन्त्रीको पुत्ला दहनका साथै केही बेर चक्काजाम समेत गरे ।
नेविसंघले सरकार अधिनायकवादतर्फ उन्मुख रहेको, निर्मला पन्तको हत्यारा पहिचान नगरेको, डाक्टर गोविन्द केसीले राखेका माग पूरा नगरी चिकित्सा शिक्षा विधेयक जवरजस्ती पारित गरेको आरोप लगाएको छ । नेविसंघका नेताहरुले सरकारले दुई तिहाइको दम्भले जनविरोधी काम गर्दै गएको कठोर आरोप समेत लगाएको छ ।
मूल्यवृद्धि नियन्त्रण गर्न, जनताको सुरक्षा गर्नबाट सरकार चुकेको समेत आरोप लगाएका छन । उनीहरुले सरकारले आफना माग पुरा नभएसम्म सदन र सडक तताइ रहने बताएका छन । नेपाल विधार्थी संघ सरकार विरुद्ध खुलेर आन्दोलनमा उत्रिएको छ । तर,उसले सरकारको कुन कदम जनहितविपरितको छ भनेर प्रष्ट शब्दमा भने भन्न सकेको छैन ।
चिकित्सा शिक्षा विध्येक देखि लिएर महंगी नियन्त्रण सम्मको गोलमटोल सवै माग राखेर सडकमा उत्रिएको नेपाल विधार्थी संघको कुन माग पुरा गर्नुुपर्ने र कुन माग आन्दोलनको लागि मात्र उठाइएको हो भन्ने यकिन छैन । सदनबाट बहुमतको आधारमा चिकित्सा शिक्षा विध्येक पास भएपछि मात्र सडकमा आएको नेविसंघ जबसम्म यो विध्येक सदनमा विचाराधिन थियो ,त्यतिञ्जेल भने केही पनि नवोली मौन बसेको थियो । तर अहिले माउ पार्टीले सरकारको विरोध गर्न थालेपछि नेविसंघ पनि सडकमा उत्रिएको हो ।




