११ विपक्षी दलले दिए सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

११ विपक्षी दलले दिए सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी

11 bipakshi dal

काठमाडौं, ३० चैत । पात्रो फेरिनु भन्दा अघिल्लो दिन विपक्षी दल एक ठाउमा उभिएर सरकार विरुद्ध आन्दोलन गर्ने सन्देश दिएका छन । उनीहरुले आफनो विधार्थी संगठनलाइ एक हुन र आन्दोलनमा ध्यान केन्द्रित हुन पनि निर्देशन दिएका छन् ।

भित्ताको पात्रो परिवर्तन गर्ने अघिल्लो दिन ११ विपक्षी दल एक ठाउँ उभिएका छन् । नेपालमा सत्ता पक्ष हुन वा विपक्षी सितिमिति एक ठाँउमा उभिदैनन । मुलत आन्दोलनको तयारी वा आन्दोलनको विचमा मात्र राजनीतिक दल एक ठाउमा उभिएको रेकर्ड छ । जब आन्दोलन सकिएर राजनीतिले सरल रेखा पक्रिन्छ तब दलका नेता ओखरको पांग्रा हालेको रथ चढेर हिडने गर्दछन् ।

यसपटक फेरि बर्तमान संविधान मान्ने र नमान्ने राजनीतिक दलसम्म पनि एक ठाउँमा उभिएका छन् । संविधानलाइ लिएर फरक फरक मत राख्ने नेपाली कांग्रेस र नेकपा क्रान्तिकारी माओवादी देखि राजपासम्म एक ठाउमा उभिएर सरकारको आलोचना मात्र गरेका छैनन,आन्दोलनको चेतावनी समेत दिएका छन् ।

यसरी यति धेरै राजनीतिक दललाइ एक ठाउमा जुटाएको चाहि एघार विधार्थी संगठनले हो । उक्त सभामा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा, भर्खर सरकारलाइ दिएको समर्थन फिर्ता लिएको राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतो, संविधान नै नमान्ने भन्दै आएका नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य,अर्का वामपन्थी नेता ऋषि कटटेल, नेकपा मालेका महासचिव सीपी मैनाली लगायतका नेता एउटै मञ्चमा उपस्थित भए ।

प्रधानमन्त्रीले संसदमा उभिएर म विपक्षी नै देख्दिन भनेको तोड नेपाली कांग्रेसलाइ छ भने संविधान संशोधन गर्छु भनेर यतिकै फिर्ता पठाएको झोंक राजपालाइ छ । यहि बेलामा एउटै मञ्चमा उभिएर सम्वत २०७६साल सुरु भएपछि आन्दोलन सुरु गर्ने संकेत दलहरुले दिएका छन ।

कांग्रेस सभापति शेरवहादुर देउवाले हरेक कुरामा कर लगाएर सरकारले आफनो अनुदार अनुहार देखाएको भन्दै स्वयम प्रधानमन्त्री ओलीलाइ करप्रसाद ओली भनेर नया नामारण नै गरिदिए । सरकारले काम गरोस भनेर छुट दिएको भन्दै अब आन्दोलन नगरि नहुने अवस्था आएको बताए ।

सोही कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले झापा आन्दोलनबाट आएको मानिस प्रधानमन्त्री हुने भन्दै तर रेशम चौधरीलाइ किन थुनेको भनेर प्रश्न गरे । उनले विधार्थीलाइ उखान तुक्काले मात्र देश नधान्ने भन्दै आन्दोलनको तयारीमा लाग्न निर्देशन दिए । नेता महतोले अब सडकमा भेटौंला भनेर प्रतिवद्धता समेत जनाए ।

बर्तमान सरकारलाई कम्युनिष्टको सरकार नै होइन भन्दै तिखो आलोचना गर्दै आएका नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले सरकारको कामले विद्रोहको खतरा बढाएको बताए । उनले आन्दोलनको विकल्प नभएको पनि बताए ।

राजनीतिक दलले यसरी आन्दोलनको लागि युवा विधार्थीलाइ निर्देशन दिइरहदा एउटा सवाल खडा भएको छ ।के अब दलहरुले फेरि पनि सडक तताउने वा सदनमा रहेको दलले सदनमा नै सृजनात्मक ढंगको आन्दोलन गर्ने ? अझ कांग्रेसको हकमा के सवाल पनि खडा भएको छ भने उसले आज मोहन वैद्य समुहसंग समेत सहकार्य गर्दा भोलि वैद्य समुहले उठाएका माग सम्वोधन गर्न सक्ने ल्याकत कांग्रेस राख्छ वा राख्दैन ? वा मोहन वैद्य समुहको राजनीतिक लाइन कांग्रेस मिल्न सक्छ ?

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);