राज्य व्यवस्था समितिमा काँग्रेसको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

राज्य व्यवस्था समितिमा काँग्रेसको आपत्ति

nepali congress

काठमाडौं, १३ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ‘नागरिकता छानवीन गर्न आयोग गठन गर्न कानुनी व्यवस्था गर्ने’ सरकारको प्रस्ताव अस्विकार गरिदिएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद भरतकुमार शाहले नागरिकता छानवीन गर्न आयोग गठन गर्न कानुनी व्यवस्था गर्ने सरकारको प्रस्ताव स्विकार्य नहुने अडान राखेका हुन् । आईतबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले जन्मको आधारमा नागरिकता लिएकाहरुको छानवीन गर्न आयोग गठन गर्ने प्रावधान राखिएकोमा आपत्ति जनाए ।

सांसद शाहले नागरिकतासम्बन्धि विषयमा छानवीन गर्न आयोग गठन गर्ने अधिकार सरकारलाई रहेको उल्लेख गर्दै त्यसलाई कानुनमै उल्लेख गर्न भने आवश्यक नरहेको तर्क गरे । उनले सरकारले आफूसँग अधिकार हुँदाहुँदै पनि नागरिकता छानवीनका लागि आयोग गठन गर्ने कानुनी प्रावधान राख्न खोजेकाले त्यसलाई स्विकार गर्न नसकिने पनि स्पष्ट पारे ।

समितिका अर्का सदस्य एवम् राष्ट्रिय जनता पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले सरकारले नागरिकता छानवीनको विषयमा आयोग गठन गर्ने कानुनी व्यवस्था गर्ने प्रस्ताव ल्याएकोमा आपत्ति जनाए । उनले सरकारलाई विदेशी नागरिकसँग विवाह नै नगर्ने प्रस्ताव ल्याउन सचेत गराए ।

विधेयकमा नागरिकता छानवीनका लागि आयोगनै गठन गर्ने प्रावधान राखिएको छ । तर त्यसप्रति प्रमुख प्रतिपक्ष दल काँग्रेसको आपत्ति छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);