सरकारविरुद्ध कांग्रेसको देशव्यापी प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

सरकारविरुद्ध कांग्रेसको देशव्यापी प्रदर्शन

congress pradarshan

फूलमाया आले
काठमाडौँ, १५ साउन
। सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार राजधानीमा प्रदर्शन गरेको छ । सरकारले संविधानविपरितका गतिविधिमा लिप्त भएको भन्दै खबरदारी गर्नका लागि सडकमा उत्रनुपरेको सो पार्टीले जनाएको छ ।

जनसरोकारका विषयमाभन्दा अरुका मुद्दामा अल्मलिएको आरोप खेप्दै आएको प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले महंगी र मुल्यबृद्धि लगायतका विषय उठाउँदै सरकारविरोधी प्रदर्शन गरेको छ । कांग्रेसले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सर्वसत्तावाद र अधिनायकवाद लाद्न खोजेको भन्दै मंगलबार राजधानीमा विरोध प्रदर्शन गरेको हो । देशमा महिला हिंसा, बलात्कारजस्ता घटनाहरु दिनानुदिन बढ्दै गइरहे पनि दोषीलाई कारबाही गर्न सरकार सक्रिय नभएको आरोप पनि कांग्रेसले लगाएको छ ।

नेपाल संस्कृत विश्वविद्यालयका उपकूलपति डाक्टर कुलप्रसाद कोइरालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गरिएको गिरफ्तारी, वीर अस्पतालका चिकित्सकहरुलाई गृह मन्त्रालयमा बोलाएर दबाब दिएको तथा सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संबैधानिक ब्यवस्था विपरित सरकारले दुुबै पद आफैंले राखेका कारण सरकारको विरुद्धमा सडकमा आउनु परेको कांग्रेस नेताले बताएका छन् ।

५ वर्षका लागि गत फागुन ३ मा बनेको केपी ओली नेतृत्वको सरकारविरुद्ध प्रतिपक्षले पहिलो पटक देशव्यापी आन्दोलन गरेको हो । कम्युनिष्ट नेतृत्वको सरकारविरुद्ध मंगलबार एकै पटक ७७ वटै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गरिएको कांग्रेसले जनाएको छ ।

काठमाडौँमा भने शान्तिबाटीकाबाट सुरु भएको प्रदर्शन, भोटाहिटी, असन, विशालबजार, न्यूरोड हुँदै पुनः शान्तिवाटीकामै आएर कोणसभामा परिणत भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);