सरकारविरुद्ध कांग्रेसले देशभर प्रदर्शन गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सरकारविरुद्ध कांग्रेसले देशभर प्रदर्शन गर्दै

nepali congress

काठमाडौं, २१ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर सरकारविरुद्ध प्रदर्शन गर्दैछ । महँगी, भ्रष्टाचार र सरकारका कतिपय निर्णयको विरोधमा कांग्रेसले देशव्यापी प्रदर्शन गर्न लागेको हो ।

प्रदर्शन ७७ वटै जिल्लास्थित सदरमुकाममा गर्न लागिएको कांग्रेसले जनाएको छ । प्रदर्शनलाई प्रभावकारी बनाउन केन्द्रीय सदस्यहरुलाई जिल्ला खटाएको छ ।

जिल्ला सदरमुकाममा हुने बिरोध सभामा कांग्रेसका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ । चिकित्सा शिक्षा विधेयकमा आफ्ना मागहरु नसमेटिएको भन्दै कांग्रेस रुष्ट बनेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);