कलंकी अण्डरपास एक सातापछि संचालन हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

कलंकी अण्डरपास एक सातापछि संचालन हुने

underpass

अप्सरा लामिछाने
काठमाडौं, १५ साउन
। काठमाडौंको कलंकीमा अण्डरपास सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । कोटेश्वर–कलंकी सडकखण्डमा अण्डरपास निर्माणको काम अन्तिम चरणमा पुगेको हो । ९९ प्रतिशत काम सकिएकाले अबको १ सातापछि अण्डरपास सडकबाट सवारीसाधन ओहोर–दोहोर हुने काठमाडौं चक्रपथ सुधार आयोजनाले जनाएको छ ।

काठमाडौंमा १ सात भित्र अण्डरपास सडक सञ्चालनमा आउने भएको छ । काठमाडौंको कलंकीमा ८ सय मिटर लामो अण्डरपास सडक १ साताभित्र सञ्चालनमा आउने भएको हो । काठमाडौं चक्रपथ सुधार आयोजनाले अण्डरपास सडक निर्माणको ९९ प्रतिशत काम सकिएको बताएको छ । सरफेसमा अस्पाल गर्नै काम बाकिँ रहेकोकाले अबको १ सातापछि मात्र सवारी संचालन गर्न सकिने चक्रपथ सुधार आयोजनाले जनाएको छ । कलंकीमा बल्खुतर्फ ४ सय मिटर र सीतापाइलातर्फ ४ सय मिटर अण्डरपास निर्माण भइरहेको छ ।

आयोजनाले कोटेश्वरदेखि कलंकीसम्मको १० किलोमिटर सडकमा एकतहको कालोपत्रे र फिनिसिङको काम मात्र बाँकी रहेको बताएको छ । यो सडक खण्डमा पर्ने पुल निर्माणको काम पनि ९८ प्रतिशत पूरा भएको छ । आयोजनाले २०१८ जुलाई ३१ सम्ममा निर्माणको काम सम्पन्न गरिसक्नुपर्ने थियो । तर, निर्माण समाग्रीको अभाव तथा मनसुनले गर्दा १० मिटर सडक निर्माणमा भने ढिलाई भएको चक्रपथ सुधार आयोजनाले जनाएको छ । आयोजनालाई ६ महिना फेरि म्याद थप गरिएको छ । २०१८ डिसेम्वर १५ सम्ममा काम सम्पन्न गरी हस्तान्तरण गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।

कोटेश्वरदेखि कलंकीसम्मको १० किलोमिटर लामो सडक चीन सरकारको ५ अर्ब रुपैयाँ सहयोगमा साढे चार वर्ष पहिलेबाट विस्तार गर्न थालिएको थियो । ४० महिनामा काम सम्पन्न गर्ने गरी विस्तारको काम सुरु गरिएकामा भूकम्प र नाकाबन्दीलाई कारण देखाएर थप गरिएको आयोजनाको म्याद फेरी थप गरी आगामी ६ महिनामा सकिँदैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);