कलंकी अण्डरपास संचालन भएसंगै सवारी आवागमन सहज | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कलंकी अण्डरपास संचालन भएसंगै सवारी आवागमन सहज

kalanki underpass

काठमाडौं, १९ कात्तिक । चीन सरकारको अनुदान सहयोगमा निर्माण भएको कलंकी अण्डरपास संचालनमा आएको छ । गत साउन १ गते देखी संचालनमा आउने भनीएको अण्डरपास भदौ १ बाट संचालनमा आएको हो । सो अण्डरपास संचालनमा आए संगै घण्टौ जाममा बस्नुपर्ने बाध्यता हटेको छ ।

काठमाण्डौ प्रबेश गर्ने र बाहिरिने मुख्य चोकको रुपमा रहेको कलंकीमा घण्टौ जाममा फस्नु पर्ने सो बाटो भएर यात्रा गर्ने यात्रुहरुको बाध्यता थियो । तर कलंकीमा नेपालकै पहिलो अण्डरपास निर्माण भए पछि अहीले यात्रा गर्न सहज भएको छ ।

सितापाईला हुदै बल्खुजाने र बल्खु हुदै सितापाईला जाने सवारी अण्डरपास भएर संचालन हुने गर्दछन । जस्ले गर्दा जामको समस्या कम भएको छ । कलंकी अण्डरपास निर्माण भए पछि यात्रु लयायत सवारी चालक पनी उत्साहित देखिएकाछन । यस्ता अण्डरपास उपत्यकाका अरु ठाउहरुमा पनी निर्माण गरीनु पर्ने उनीहरुको भनाई छ ।

कलंकीमा निर्माण भएको नेपालको पहिलो अण्डरपास संचालनमा आएपनि केहि काम भने बाँकी रहेको छ । रंगरोगन, ट्राफिक लाईट राख्ने लगायतका काम भने अझै बाँकी रहेको र अगामी डिसेम्वर १५ सम्ममा बाँकी काम पुरा गर्ने चक्रपथ सुधार आयोजनाले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);