कलंकी अण्डरपास सडक निर्माणको ९२ प्रतिशत काम सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

कलंकी अण्डरपास सडक निर्माणको ९२ प्रतिशत काम सम्पन्न

underpass

अप्सरा लामिछाने ,
काठमाडौं, २५ चैत । काठमाडौंको कलंकीमा अण्डरपास सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । कोटेश्वर–कलंकी सडक खण्डमा अण्डरपास निर्माणको काम अन्तिम चरणमा पुगेको हो । ९२ प्रतिशत काम सकिएकाले अबको दुई महिनापछि अण्डरपास सडकबाट सवारीसाधन ओहोरदोहोर हुने काठमाडौं चक्रपथ सुधार आयोजनाले जनाएको छ ।

काठमाडौंमा दुई महिनाभित्र अण्डरपास सडक सञ्चालनमा आउने भएको छ । काठमाडौंको कलंकीमा ८ सय मिटर लामो अण्डरपास सडक दुई महिनाभित्र सञ्चालनमा आउने भएको हो । काठमाडौं चक्रपथ सुधार आयोजनाले अण्डरपास सडक निर्माणको ९२ प्रतिशत काम सकिएको बताएको छ । कलंकीमा बल्खुतर्फ ४ सय मिटर र सीतापाइलातर्फ ४ सय मिटर अण्डरपास निर्माण भइरहेको छ । निर्माण कार्य अन्तिम चरणमा पुगेकाले चार महिनाभित्र अण्डरपाससँगै कोटेश्वर–कलंकी सडक खण्ड चार महिनाभित्र हस्तान्तरण गर्ने तयारी गरेको काठमाडौं चक्रपथ सुधार आयोजनाले जनाएको छ ।

आयोजनाले कोटेश्वरदेखि कलंकीसम्मको १० किलोमिटर सडकमा ८ किलोमिटरमा विस्तारको काम पूरा भएको बताएको छ । यो सडक खण्डमा पर्ने पुल निर्माणको काम पनि ९८ प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ । आयोजनाले चार महिनाभित्र सडक हस्तान्तरण गरिने बतारहँदा सर्वसाधारणले भने निर्माणमा ढिलाइ भएको भन्दै आक्रोस प्रकट गरेका छन् । खासगरी निर्माणका क्रममा धुवाँधुलोको समस्या झेल्नुपरेपछि सर्वसाधारणले आक्रोस प्रकट गरेका हुन् ।

कोटेश्वरदेखि कलंकीसम्मको १० किलोमिटर लामो सडक चीन सरकारको ५ अर्ब रुपैयाँ सहयोगमा साढे चार वर्ष पहिलेबाट विस्तार गर्न थालिएको थियो । ४० महिनामा काम सम्पन्न गर्ने गरी विस्तारको काम सुरु गरिएकामा भूकम्प र नाकाबन्दीलाई कारण देखाएर थप गरिएको आयोजनाको म्याद आगामी चार महिनामा सकिंदैछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);