बुटवलस्थित भाटभटेनी सुपरमार्केटमा आगलागी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बुटवलस्थित भाटभटेनी सुपरमार्केटमा आगलागी

vatvatani

रुपन्देही,२५ चैत । बुटवलस्थित भाटभटेनी सुपरमार्केटमा आगलागी भएको छ ।

विहान चार बजे सुपरमार्केटको पाँचौं तलामा आगलागी भएको हो । आगलागीबाट सुपरमार्केटको चौथो र पाँचौं तलामा रहेका इलेक्ट्रोनिक्स सामान जलेर नष्ट भएका छन् । आगो निभाउन करिब पाँच घण्टा लागेका कारण सबै इलेक्ट्रोनिक्स सामान जलेर नष्ट भएका हुन् । आगो नियन्त्रणका लागि चार वटा दमकल प्रयोग गरिएका थिए ।

जिल्लाभित्रका दमकलले नपुगेकाले पाल्पा र नवलपरासीबाट समेत दमकल मगाएर आगो नियन्त्रणमा लिएको रुपन्देहीका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताए । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकि छ । आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ९५ करोडको लागतमा निर्मित सुपरमार्केट गत वैशाखबाट सञ्चालनमा आएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);