उदयपुरमा आगलागी हुँदा १२ घर जलेर नष्ट, बुटवल भाटभटेनीमा पनि आगलागी | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

उदयपुरमा आगलागी हुँदा १२ घर जलेर नष्ट, बुटवल भाटभटेनीमा पनि आगलागी

उदयपुर, २५ चैत । उदयपुरगढी गाउँपालिका– ६ स्थित नेपालटार बजारमा भीषण आगलागी भएको छ ।

गएराति चार घण्टासम्म आगलागी हुँदा १२ वटा घर जलेर नष्ट भएका छन् भने ६ करोड रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीमा परी ७० बर्षीय बारीमाया तामाङ बेपत्ता भएको प्रहरीले जनाएको छ । पूर्वप्रहरी हवल्दार नारायण तामाङको घरबाट सुरु भएको आगो चार घण्टापछि नियन्त्रणमा आएको थियो । तामाङको घरमा राति धामी बसाएको र आगो सल्केको हुनसक्ने प्रहरीले बताएको छ ।

यस्तै, बुटवलस्थित भाटभटेनी सुपर मार्केटमा पनि आगलागी भएको छ । सुपरमार्केटको चौंथो र पाँचौं तलामा विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । आगलागीबाट करोडौं रुपैयाँका सामाग्री नष्ट भएका छन् ।

 

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले तीन वटा नगरपालिकाबाट दमकल मगाएर आगो नियन्त्रणमा लिएका छन् । ९५ करोडको लागतमा निर्मित सुपरमार्केट गत वैशाखबाट सञ्चालनमा आएको थियो ।

 

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);