रौतहटमा आगलागीमा जलेर बालिकाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

रौतहटमा आगलागीमा जलेर बालिकाको मृत्यु

काठमाडौं, २४ फागुन । रौतहटमा आगलागीमा जलेर बालिकाको मृत्यु भएको छ । राजदेवी नगरपालिका स्थित आगलागीमा परेर ६ महिने बालिकाको ज्यान गएको प्रहरीले जनाएको छ । मंगलबार साँझ आगोलागी हुँदा तीन वटा घर गोठ जलेर नष्ट भएको छन् ।

खरको छाना भएको भिखर राउतको घरमा आगलागी हुँदा उनकी सुतिरहेकी छोरीको मृत्यु भएको हो । आगोले राउतको घरसँगै छिमेकीहरु रामकिसुन साह र सुजय साहको घर पनि जलेर नष्ट भएको छ ।

आगलागीबाट घरभित्रको अन्न,लत्ताकपडा, नगद पनि जलेर क्षति भएको छ । नगरपालिकाबाट गएको वरुण यन्त्र, स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);