पोखराको न्यूरोडमा भीषण आगलागी, ३२ वटा सटर जलेर नष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

पोखराको न्यूरोडमा भीषण आगलागी, ३२ वटा सटर जलेर नष्ट

पोखरा, २८ साउन । कास्कीको पोखरा महानगरपालिको न्यूरोडमा मंगलवार अपरान्ह भीषण आगलागी भएको छ । आगलागीले ३२ वटा सटर जलेर नष्ट भएका छन् ।

भाटभाटेनी सुपरमार्केट नजिकै रहेको नवदुर्गा फर्निचरबाट शूरु भएको आगोले अरु पसलमा पनि क्षती पुर्याएको छ । आगो नियन्त्रणका लागि ३ वटा दमकल र आधा दर्जन ट्यांकर प्रयोग गरिएको थियो।

आगो निभाउन स्थानीय र सुरक्षाकर्मीहरु खटिएका थिए । आगलागीबाट मानबीय क्षति नभएको र भौतिक क्षतिको बिबरण प्राप्त भइनसकेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);