ऋण नतिरेको भन्दै गरिवको घरमा डोजर | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

ऋण नतिरेको भन्दै गरिवको घरमा डोजर

महोत्तरी, २८ साउन । बैदेशिक रोजगारीका लागि खाडी मुलुक साउदी उडाएको पैसा नदिएको भन्दै महोत्तरीमा मेनपावरका एजेन्टले एक गरीबको घर डोजर लगाएर भत्काएका छन् । महोत्तरीको भंगहा नगरपालिका १ कविलासा पूर्वारीटोलका मोहम्मद पनित शेखको घर स्थानीय एजेन्ट बद्री ठाकुरले डोजर लगाएर भत्काएका हुन् ।

बैदेशिक रोजगारीमा जानका लागि दिएको रकम फिर्ता नगरेको भन्दै मेनपावरका एजेन्ट बद्री ठाकुरले डोजर लागएर घर भत्काएका हुन । ऐजेन्टले सम्पूर्ण परिवारलाई घरबाट निकाला गरी एकाएक डोजर चलाएर घर भत्काएपछि जाहिरा खातुन अहिले विचल्लीमा परेकी छिन् । घर भत्काएपछि सम्पूर्ण परिवार विस्थापित भएका छन् ।

उनीहरु अहिले सडकमा त्रिपालको ओत लगाएर बसेका छन् । साउने झरीमा पनि पालमा बस्न बाध्य छन् । मुस्लिमहरुको महान् पर्व बकर इद मनाइरहेका बेला उनीहरु घरबारबिहीन भएका छन् ।

पीडित जाहिराका अनुसार उनका श्रीमान् अहिले पनि साउदी अरबमा वैदेशिक रोजगारीमा छन् । आठ वर्ष अघि एजेन्ट बद्री ठाकुरले शेखलाई २० हजार रुपैयाँमा राम्रो काम र कमाई हुने कम्पनीमा विदेश पठाइदिने बताएपछि उनी विदेश गएका थिए ।

तर शेखले त्यहाँ गएपछि राम्रो काम र तलब पाएनन् । पीडित जाहिराका अनुसार पति शेख विदेश गएपछि आफ्नो ससुरा अहम शेखसंग एजेन्ट ठाकुरले छलेर ८५ हजार रुपैयाँको तमसुक बनाए । त्यही पैसाको व्याजको स्याज गरी एजेन्ट ठाकुरले मोटो रकम मागिरहेका थिए । उनले जिल्ला अदालत महोत्तरीमा मुद्दा समेत दिएका थिए ।

जाहिराका अनुसार केही वर्ष अघि एजेन्ट ठाकुर राति राति घरमा पसेर ऋण छोडिदिने भन्दै अनैतिक सम्बन्धको प्रस्ताव गरेका थिए । तर होहल्ला गरेपछि उनी भागेका थिए ।

जसको समाजमा पञ्चायत समेत भएको थियो । त्यो रिसीबी साध्नलाई समेत घर भत्काएको हुन सक्ने केही स्थानीयको भनाईलाई भँगहा नगरपालिका वडा नं. १ को वडाध्यक्ष नवल किशोरले पुष्टी गरेका छन् ।

यता भंगहा नगरपालिकाका नगर प्रमुख संजिवकुमार साह आफुले दुवै बिचको लेनदेनको मुद्दा मिलाउन तीन पटक पहल गरेको, तर मुद्दा अदालतमा गएकाले आफुले केही गर्न नसकेको बताउनु हुन्छ ।

महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले घटनाको विषयमा थोरै जानकारी भएको बताए । पीडितले उजुरी नदिएकाले कारबाही प्रक्रिया अघि बढाउन नसकेको प्रहरी उपरीक्षक अधिकारीको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);