अतिक्रमण गरी बनाइएका टहरामा डोजर | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

अतिक्रमण गरी बनाइएका टहरामा डोजर

dojar

काठमाडौं, १५ जेठ । जिल्ला प्रशासन कार्यालयअगाडि वर्षौंदेखि सरकारी जग्गा अतिक्रमण गरी बनाइएका पाँच टहरा डोजर लगाएर भत्काइएको छ ।

जिल्ला प्रशासन कार्यालयको गेटअगाडि भएको अतिक्रमणको विरोध हुन थालेपछि स्थानीय प्रशासनले टहरा भत्काउने हिम्मत गरेको हो । विदुरस्थित वनदेवी सामुदायिक वन क्षेत्रमा वर्षौंदेखि विभिन्न व्यापार सञ्चालन हुँदै आएका टहरा भत्काइएको हो । स्थानीय केही व्यक्तिले विनाइजाजत अवैध तरिकाले घरटहरा निर्माण गरी बसोवाससँगै चिया पसल, फोटोकपी पसल सञ्चालन गर्दै आएका थिए ।

डोजर लगाएर पाँचवटा टहरा भत्काइएको वन कार्यालयका निमित्त प्रमुख राजकुमार यादवले जानकारी दिए । ‘टहरा हटाउन १० दिने सूचना प्रकाशित गरेका थियौँ,’ यादवले भने, ‘तर, अटेर गरेर नहटाएपछि  डोजर लगाएर भत्काएका हौँ ।’

पक्की घर भने भत्काइएन
सो क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण  गरी स्थानीयले पाँचवटा पक्की घर निर्माण गरेका छन् । तर, उनीहरूको घर भने भत्काइएको छैन । अर्को व्यवस्था नभएसम्म ती घर नभत्काउन अदालतले आदेश दिएकाले नभत्काइएको यादवको भनाइ छ । सार्वजनिक जमिन अतिक्रमण गर्ने स्थानीयले जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालयविरुद्ध पाटन उच्च अदालतमा रिट हालेका छन् । अदालतले अर्को व्यवस्था नभइ घर नभत्काउन आदेश दिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);