जावलाखेलस्थित तरकारी बजारमा डोजर चल्यो | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

जावलाखेलस्थित तरकारी बजारमा डोजर चल्यो

tarkari bazar dojer

प्रतिक्षा शर्मा
ललितपुर, १० साउन । ललितपुरको जावलाखेलमा रहेको तरकारी बजारका घरटहरामा डोजर चलाइएको छ । झण्डै २५ वर्षदेखि संचालनमा आएको तरकारी बजारमा शुक्रबार ललितपुर महानगरपालिकाले डोजर चलाएको हो । पसल हटाइएपछि त्यस स्थानमा पसल संचालन गर्दै आएका व्यापारिहरुले महानगरपालिकाले आफुहरुलाइ बिस्तापित गराएको गुनासो गरेका छन ।

ललितपुर जाउलाखेलमा रहेको प्रतिजग्गामा विगत २५ वर्षदेखि तरकारी बजार भनेर खोलिएपनि उक्त क्षेत्रमा तरकारी, फलफूल र खाजा पसल सञ्चालनमा रहेका थिए । ५२ वटा टहरामा ३५ जना व्यापारिहरुले व्यापार व्यवसाय संचालन गर्दै आएका थिए । तर शुक्रबार उनीहरुको पसलहरुमा महानगरपालिकाले डोजर चलाएको छ । उनीहरुले संचालन गर्दै आएको पसल भत्किएसंगै उनीहरुको सपना पनि भत्किएको छ ।

जावलाखेलमा पसल संचालन बापत जाउलाखेल युवा क्लबलाई भुक्तानी दिदै आएका थिए । महानगरपालिकाले पटक पटक टहरा भत्काउन सुचना प्रकाशित गरेपनि क्लबले भने भत्काउन नपर्ने बताउँदै आएको थियो । पटक पटक भन्दा पनि नमानेपछि महानगरले टहराहरु भत्काएको छ । यसरी टहरा भत्काउदा आफूहरु बेरोजगार भएको उनीहरुको गुनासो छ ।

पसलका सरसमान सार्नका लागी तिनदिनको समय मात्रै दिएको भन्दै उनीहरु केही आक्रोशित समेत बनेका थिए । तर आफुहरुले शान्ति पुर्ण रुपमा टहरा भत्काउन प्रशाशनलाई सहयोग गरेको भन्दै त्यहाँ अन्य टहराहरु फेरी संचालनमा आए आफुहरु बिरोधमा उत्रिने बताए ।

जावलाखेल क्षेत्रमा बनाइएका टहराबाट क्वले पैसा उठाएर हिनामिना गरेको आरोप छ । यसबारेमा केही बर्ष अघिदेखि अख्तियारमा उजुरी पनि पर्दै आएको थियो । अख्तियारमा परेको उजुरीको आदेशपछि टहरा भत्काएको ललितपुर महानगरपालिका बडा नम्बर ५ का अध्यक्ष विकासमान श्रेष्ठले बताउनुभयो ।

टहरा भत्काउन शुक्रवार बिहान ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी डोजर लिएर आफैं पुग्नु भएको थियो । पाँचपटकको प्रयासपछि टहरा भत्काइएको हो । प्रजिअको उपस्थितिमा केहीबेर डोजर चलाएर पसल सञ्चालकहरुलाई शनिबारसम्ममा सबै सामान हटाउन निर्देशन दिइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);