टहरा भत्काएपछि छाप्रा बनाएर बसेकाहरूले महानगर घेरे | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

टहरा भत्काएपछि छाप्रा बनाएर बसेकाहरूले महानगर घेरे

पोखरा । पोखराका भूमिहीन सुकुम्बासीले महानगरको कार्यालय घेरेका छन् । आफूहरूको बसिरहेको छाप्रो भत्काएको विरोधमा उनीहरूले महानगरमा घेराउ गरेका हुन् । केही समयअघि पोखरा महानगरले ३३ नम्बर वडामा डोजर लगाएर छाप्रा भत्काएको थियो । ति छाप्राहरु अवैध रुपमा जग्गा पाउने आसले रातारात बनेको भन्दै भत्काइएको महानगरले जनाएको छ ।

अखिल नेपाल भूमिहीन सुकुम्बासी संघले महानगरको कामप्रति विरोध जनाउँदै प्रदर्शन गरेको हो । संघका कास्की सचिव काजी गुरुङले मेयरको कार्यशैली विभेदपूर्ण भएको आरोप लगाए । ‘सुकुम्बासीको बस्तीमा दानवीय काम भयो । छाप्रा भत्काउनु अन्याय हो,’ उनले भने, ‘हामीलाई गरिखान दिएन । जग्गा जमिन महानगरले खोस्यो ।’

उनले जनताको समस्यामा गम्भीर हुन मेयर धनराज आचार्यको ध्यानाकर्षण गराए । पोखरा महानगरपालिकाले गत हप्ता पोखरा ३३ दुई पिप्लेस्थित सुकुम्बासी बस्तीमा निर्मित अस्थायी टहराहरू बल प्रयोग गरी हटाएको थियो । अहिले कास्कीमा पनि बास्तविक सुकुम्बासीलाई जग्गा वितरणको लागि तयारी अन्तिम चरणमा पुगेको छ । यही मौका छोपेर ठाउँठाउँमा नयाँ बस्तीहरु बस्न थालेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);