हिमाको वृक्षारोपण अभियान : ३२ हजार ६ सय ७६ बिरुवा रोपियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

 हिमाको वृक्षारोपण अभियान : ३२ हजार ६ सय ७६ बिरुवा रोपियो

जुम्ला। हिमा गाउँपालिकाले सुरू गरेको  वृक्षारोपण अभियानका क्रममा ३२ हजार ६ सय ७६ बिरुवा रोपिएकाे छ । गाउँपालिकाकाे नीति तथा कार्यक्रमअन्तर्गत बिरुवा रोप्ने अभियान चलाइएकाे हाे।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाका अनुसार विभिन्न स्थानमा सल्लो, देवदार, धुपी, ढटेलो, पिपल र किमुका बिरुवा रोपिएका छन् । हिमा गाउँपालिका-१ देवारगाउँको देवलढुंगा र भित्रीखोलामा ६ हजार तीन सय बिरुवा रोपिएका छन् । वडा नम्बर १ आचार्यलिहीको भित्री खोला जलविद्युत क्षेत्रमा तीन हजार ६ सय र वडा नम्बर १ बड्की पानीमुलको माथी नाङ्गा डाँडामा पनि  बिरुवा रोपिएका छन् । विभिन्न स्थानमा गरी ३२ हजार ६ सय ७६ बिरुवा रोपिएकाे गाउँपालिकाले जनाएकाे छ।

गाउँपालिकाको नीति कार्यक्रमअन्तर्गत ग्रिन रोड, ग्रिन रिभर अन्तर्गत एक आर्थिक बर्षमा ५० हजार बिरुवा रोप्ने योजना छ । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार पाँच बर्षीय कार्यकालमा दुई लाख ५० हजार बिरुवा रोपिनेछ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);