सडक किनाराका बिरुवा हुर्काउनै गाह्रो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सडक किनाराका बिरुवा हुर्काउनै गाह्रो

pm oli biruwa ropai

काठमाडौँ, पुस ६ । सहरको हरियाली प्रवद्र्धनका लागि काठमाडौँका सडकको दायाँबायाँ किनारामा रोपिएका बिरुवा हुर्काउनै कठिन भएको छ । बिरुवा रोप्ने तर संरक्षणका लागि जिम्मेवारीबोध कसैमा नहुँदा हरियाली प्रवद्र्धनको प्रयास आशातीत सफलता हासिल हुन सकेको छैन ।
काठमाडौँ महानगरपालिकाले वन मन्त्रालय र नेपाली सेनासँगको सहकार्यमा त्रिपुरेश्वरदेखि दरबारमार्गसम्म रोपिएका बिरुवा अहिले धेरै मरेका, केही भा(ँचिएका तथा उखेलिएको अवस्थामा छन् । सैनिक मुख्यालय वरिपरि संरक्षण गरिएका बिरुवा भने हुर्कंदै छन् । यसपटक गरिएको वृक्षरोपण संरक्षणको जिम्मेवारी नेपाली सेनाले लिएको छ भने बिरुवा वन मन्त्रालयमार्फत ल्याएर महानगरपालिकाले वृक्षरोपण गरेको महानगरपालिका वातावरण विभागका प्रशासन प्रमुख सरस्वती पोखरेल भट्टराईले जानकारी दिनुभयो ।

सडकको दायाँबायाँ रुख बिरुवा हुर्किंदा यसको प्रत्यक्ष फाइदा सबैलाई पुग्ने हो, हेर्दा हरियाली, रुख बिरुवाले दिने अक्सिजनको लाभ सबैले उठाउन सकिन्छ तर त्यसको महìव नबुझ्दा बाटो हिँड्ने बटुवाले भाँचिदिने, व्यापारीले आफ्नो पसल अगाडिको बोर्ड छेकिने डरले बिरुवा नै नष्ट गर्ने प्रवृत्ति बढेको छ । यसै वर्ष रोपिएका कान्तिपथको सडक दायाँबायाँ किनारमा रोपिएका अधिकांश बिरुवा नष्ट भएका छन् ।
सहरी हरियाली बढाउन महानगरपालिकाले आकर्षक ठूला गमलामा केही वर्ष अगाडि रोपेका अधिकांश बिरुवा मरेका छन् । कति गमलाको त नामोनिशानसमेत छैन । पैदलयात्री सुमनराज बताउनुहुन्छ, “यसै वर्ष रोपिएका बिरुवा पनि आधा नै ठुटा देखिन्छन् । रोपेर मात्र हुँदैन, संरक्षण पनि गर्नुप¥यो ।”

रत्नपार्कका जुत्ता व्यवसायीको भनाइ पनि उस्तै छ, बिरुवा रोप्ने तर त्यसको संरक्षण गर्ने कोही छैन, अनि कसरी बिरुवा हुर्कन्छ ? वातावरणविद् भूषण तुलाधरका अनुसार सडक किनारका बिरुवा हुर्काउन कठिन हुुनुमा साँघुरो फुटपाथमा पनि बिरुवा रोप्ने प्रवृत्तिले पनि हो । फुटपाथ सानो छ, काठमाडौँमा मानिसको चाप धेरै छ ।

त्यसमाथि साना–मसिना बिरुवा ट्री गार्डबिनाको त्यसैले भाँचिएको हो । तुलाधर भन्नुहुन्छ, “बिरुवा रोप्नु राम्रो हो तर हुर्कने सम्भावना नभएको स्थानमा रोप्न भएन । बिरुवा होइन, नर्सरीमा हुर्केका ठूलै रुखजस्ता रोप्दा हुर्काउन सकिएला । उपत्यकाका सडक वरपर वृक्षरोपण गर्दा रैथाने बिरुवा छनोट गर्नु उपयुक्त होला । रोपेपछि हुर्काउने योजना पनि सँगसँगै बनाउनुपर्छ ।” बिरुवालाई कम्पोष्ट मल, राम्रो माटो र पानीको व्यवस्था हुनुप¥यो । बिरुवा रोपेर मात्र छोड्दाको परिणाम हो यो । त्यसो हुन नदिन सरोकारवाला संस्था तथा निकायले निश्चित योजनासहितको काम गर्नुपर्छ ।

जमलमा विगत २० वर्षदेखि कपडा पसल गर्दै आउनुभएका रामवीर श्रेष्ठका अनुसार सडक वरपर रोपिएका बिरुवा हुर्कन नसक्नुमा सर्वसाधारण गैरजिम्मेवार देखिएका छन् भने वृक्षरोपण सँगसँगै ट्री गार्ड राख्ने, ठूलो बिरुवा रोप्ने, पानी हाल्ने, हेरचाह गर्ने संयन्त्र नभएकाले बिरुवा हुर्काउन गाह्रो भएको हो । उहाँले वृक्षरोपण गरेर मात्र भएन, त्यस वरपर बस्ने वा व्यवसाय गर्नेलाई जिम्मेवार बनाउने र बिरुवा हुर्काउन पनि राम्रो संयन्त्र बनाउनुपर्ने सुझाव दिनुभयो ।

माग्यो रुख, आउँछ बिरुवा
काठमाडौँ महानगरपालिकाको पहलमा वन मन्त्रालय र नेपाली सेनासँगको सहकार्यमा रोपिएका ३५० वटा बिरुवामध्ये आधामा मात्र ट्री गार्ड हालिएका छन् । बाँकी सडक किनारमा खुला रहँदा ५० प्रतिशत बिरुवा भाँचिएका र निमोठिएका अवस्थामा छन् ।
काठमाडौँ महानगरपालिका वातावरण विभागअन्तर्गत वातावरण प्रशासन महाशाखा प्रमुख सरस्वती पोखरेल भट्टराईले महानगरपालिकाले वृक्षरोपणका लागि वन मन्त्रालयसँग बिरुवा माग गर्दा नै छ फिटसम्मका बिरुवा उपलब्ध गराउन भने पनि रोप्ने समयमा बिरुवा साना आइपुग्दा बढी समस्या देखिएको बताउनुभयो । उहाँले वन मन्त्रालयसँग पटक–पटक वृक्षरोपणका लागि बैठक गर्दा नै साना बिरुवा हुर्काउन समस्या हुने भएकाले बिरुवा ठूलै माग गरेको तर रोप्ने बेलामा साना आएको जानकारी दिनुभयो ।
कतिपय वातावरण विभागसँग जगेडामा रहेका बिरुवा रोपिएका थिए । ट्री गार्ड पनि नयाँ बनाइएका छैनन्, पुराना मर्मत गर्दै ट्री गार्ड बनाउँदा केही ढिलाइ चाहिँ भएको हो भन्नुभयो । भट्टराईले बाँकी बिरुवामा पनि ट्री गार्ड राखिने जानकारी दिनुभयो । साथै रोपिएका बिरुवा नसरेको र भाँचिएका ठाउँमा फेरि सयवटा बिरुवा थप रोपिएको पनि बताउनुभयो ।

प्रशासन प्रमुख भट्टराईले हरियाली प्रवद्र्धन वा वृक्षरोपण कार्यक्रम सफल बनाउन सबैले अपनत्व ग्रहण गर्दै महानगरपालिकाको पहलमा साथ दिनुपर्नेमा जोड दिनुभयो । कुनै निकाय, संस्था वा सरकारको पहलमा मात्र सबै काम सफल बनाउन गाह्रो हुन्छ । साथै सो विभागअन्तर्गत काठमाडौँका सडक किनारामा हरियाली प्रवद्र्धनका लागि छुट्टै टेन्डर आह्वान गरिएको र बाँकी स्थानमा बिरुवा रोप्ने कामको निरन्तरता दिइने र रोपेकाको संरक्षण गरिने उहाँले जानकारी दिनुभयो ।
हरेक चाडपर्व र समारोह वा विभिन्न संस्थाको स्थापना दिवसलाई पनि सम्झनायोग्य बनाउन वृक्षरोपणप्रतिको जनचासो बढेको छ । वृक्षरोपण तीव्र रूपमा गरिए पनि त्यसको संरक्षण र अनुगमनको पाटो फितलो हुँदा वृक्षरोपण कार्यक्रम प्रचारकै लागि मात्र चलाइने अभियानजस्तो बनेको छ । बिरुवा हुर्काउन नसक्दा वृक्षरोपणका लागि गरिने खर्च र समय खेर जानुचाहिँ राजधानीको मात्र समस्या होइन, देशभरको समस्या हो ।

राष्ट्रिय वृक्षरोपण दिवस पारेर असार १४ गते घोषणा गरेको सो अभियानअन्तर्गत दुई वर्षमा गरी देशभर पाँच करोड बिरुवा रोप्ने अभियान छ । वृक्षरोपण दिवस–२०७६ को सुरुआत गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वर तीनकुनेबाट फलफूलको बिरुवा रोपेर सुरु गर्नुभएको वृक्षरोपण वर्षलाई सफल बनाउन मुलुकभर वृक्षरोपण अभियान चलिरहेको छ ।
हरियाली प्रवद्र्धनको उद्देश्यले सरकारले घोषणा गरेको वृक्षरोपण वर्षलाई सफल बनाउन देशभर वृक्षरोपण कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गरिरहँदा राजधानीकै सडक वरपरका बोटबिरुवा भने संरक्षण गर्न नसक्नुले सो अभियान सफल बनाउन वृक्षरोपण मात्र होइन, संरक्षणको पाटोलाई पनि ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।

शिवा तामाङले गाेरखापत्रमा लेखेका छन्

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);