प्रधानमन्त्रीको सहभागीतामा देशभर वृक्षरोपण अभियान सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रधानमन्त्रीको सहभागीतामा देशभर वृक्षरोपण अभियान सुरु

pm oli biruwa ropai

फाईल फोटो :

काठमाडौं, १४ असार । सरकारले आजबाट देशभर वृक्षरोपण अभियान सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको कोटेश्वर क्षेत्रमा फलफूलका बिरुवा रोपेर अभियानको शुभारम्भ गर्नु भएको छ ।

सरकारले असार १४ गतेलाई राष्ट्रिय वृक्षरोपण दिवसको रुपमा मनाउने निर्णय गरेर आगामी तीन वर्षभित्र ३ करोड फलफूलका बिरुवा रोप्ने योजना बनाएको छ । प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद बहादुर कुँवरका अनुसार काठमाडौंमा कोटेश्वर-कलंकी सडकखण्डको किनारमा फलफूलका बिरुवा रोपिने छ ।

केन्द्र सरकारले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, कर्मचारी, सातवटै प्रदेश, स्थानीय तह, विश्वविद्यालय, संस्थान, वन उपभोक्ता समिति र गैरसरकारी संस्थाहरुलाई पनि आ–आफ्नो क्षेत्रमा वृक्षरोपण गर्न निर्देशन दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);