नास्पतिको विरुवा रोपेर प्रधानमन्त्रीद्वारा वृक्षारोपण अभियानको शुभारम्भ | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

नास्पतिको विरुवा रोपेर प्रधानमन्त्रीद्वारा वृक्षारोपण अभियानको शुभारम्भ

pm oli brikshyaropan

काठमाडौं, १४ असार । सरकारले शनिवारबाट देशभर वृक्षरोपण अभियान सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानी काठमाण्डौको कोटेश्वरमा नास्पतिको विरुवा रोपेर बृक्षरोपण अभियानको शुभारम्भ गर्नुभएको हो ।

वृक्षरोपण अभियान शुभारम्भ कार्यक्रममा सरकारका मन्त्रीहरु, उच्चपदस्थ अधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, सर्वसाधरण लगायतको उल्लेख्य उपस्थिति थियो । वृक्षरोपण अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले औषधीयुक्त वनस्पतिको महत्व बुझेर संरक्षण र सम्बद्र्धनको साथै नया विरुवा रोप्न सबैलाई आग्रह गर्नुभयो ।

सरकारले यस बर्ष सबैलाई विरुवा उपलब्ध गराउन नसकेपनि आगामी बर्ष विरुवा उपलब्ध गराउने आश्वासन दिनुभयो । उहाँले विरुवा रोप्नका लागि जग्गा उपलब्ध नभए गमलामा भए पनि रोप्न आग्रह गर्नुभयो ।

सरकारले असार १४ गतेलाई राष्ट्रिय वृक्षरोपण दिवसको रुपमा मनाउने निर्णय गरे अनुसार शनिबार राजधानी काठमाण्डौ लगायत देशैभर वृक्षरोपण गरिएको हो । राजधानीमा भने कोटेश्वर देखि कलंकी सडकखण्डमा वृक्षरोपण गरिएको छ । सरकारले वृक्षरोपण अभियान अन्र्तगत ३ बर्ष भित्र ३ करोड फलफूलका बिरुवा रोप्ने योजना बनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);