ट्राफिक प्रहरीद्वारा तीनकुनेमा वृक्षरोपण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

ट्राफिक प्रहरीद्वारा तीनकुनेमा वृक्षरोपण

traffic plantation

काठमाडौं, २८ असार । ट्राफिक प्रहरीले आइतबार काठमाडौंको तीनकुनेमा वृक्षरोपण गरेको छ । ट्राफिक प्रहरीको उपत्यका भित्रका ४५ वटा युनिटका इञ्चार्जहरुले आईतबार करिब ३ सय ५० वटा विरुवा रोपेका छन् ।

उपत्यकालाई हरियाली सहर बनाउने योजना अनुसार मुख्य मुख्य ठाउँमा वृक्षारोपण गरिने ट्राफिक प्रहरीले जनाएको छ । विरुवा नहुर्किदासम्म प्रत्येक युनिटका इञ्चार्जले संरक्षण गर्ने र हुर्काउने काम गर्ने महानगरिय ट्राफिक महाशाखा प्रमुख भीम प्रसाद ढकालले बताउनुभयो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले हरियाली सहर बनाउन आम नागरिकलाई सकारात्मक सन्देश दिने उद्देश्यले वृक्षरोपण गरिएको बताउनुभयो । वृक्षारोपणले सहरको सोभा बढाउने र सभ्याताको समेत पहिचान दिने पोखरेलको भनाई छ ।

वृक्षारोपणले सहरको वातावरण स्वच्छ बनाउन सहयोग गर्ने र प्रदुषण समेत न्यून गर्ने विश्वास ट्राफिक प्रहरीको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);