ट्राफिक प्रहरीको आचरण कमजोर भए सिंगो प्रहरी संगठन सुध्रिन कठिन हुन्छ : विश्वराज पोखरेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ट्राफिक प्रहरीको आचरण कमजोर भए सिंगो प्रहरी संगठन सुध्रिन कठिन हुन्छ : विश्वराज पोखरेल

काठमाडौं, १८ असोज । महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रमुख विश्वराज पोखरेलले ट्राफिक प्रहरीको आचरण कमजोर भए सिंगो प्रहरी संगठन सुध्रिन कठिन हुने बताउनुभएको छ । प्रहरी अधिकृत र जवानहरुको लागि संयुक्त मेस भवन उद्घाटन गर्दै प्रमुख पोखरेलले ट्राफिक प्रहरीको व्यवहार र आचरण कमजोर बनाउन नहुने बताउनुभयो ।

प्रहरी आयुक्तको कार्यालयका आयुक्त प्रहरी नायव महानिरीक्षक (डिआइजी) पोखरेलले कुनै पनि कुरामा कमजोरी गर्न नहुने, व्यवहार र आचरणमा आँच आउने काम नगर्न पनि उहाँले निर्देशन दिनुभयो । ट्राफिक प्रहरी अन्य प्रहरीभन्दा व्यक्तित्व, शैक्षिक र क्लोज ट्रेनिङको हिसाबले उम्दो संगठन भएको पनि उहाँले बताउनुभयो ।

कोभिडको समयमा ट्राफिक प्रहरीले भोग्नुपरेको अफ्ठ्यारो, असहजता र कठिनाई कसैसँग पनि तुलना गर्न नसकिने उहाँले बताउनुभयो । सबैभन्दा बढी वजोखिमा रहेको काम गर्ने राष्ट्रसेवकमा ट्राफिक प्रहरी पनि अग्र स्थानमा रहेको उहाँले बताउनुभयो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीम ढकालले आफ्नो समस्या लुकाएर भएपनि जनताको सेवामा २४ घण्टामा नै खटिएको बताउनुभयो । उहाँले कोभिड सुरु भएपछि ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापन, नागरिकलाई कोभिडबाट बचाउने र जोखिममा रहेर काम गर्ने अधिकृत र जवान एकजुट भएर अगाडी बढीरहेको बताउनुभयो ।

डिआइजी पोखरेलले आज प्रहरी अधिकृत तथा जवानहरुको संयुक्त मेस भवन र हराएका तथा फेला परेका वा चोरी भएका सवारी साधनको अभिलेख व्यवस्थापन सफ्टवेयरको उद्घाटन गर्नुभएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);