'ट्राफिक ब्यवस्थापनका निम्ति दण्ड जरिवाना नै मुख्य उपाय हाेेे' | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

‘ट्राफिक ब्यवस्थापनका निम्ति दण्ड जरिवाना नै मुख्य उपाय हाेेे’

चितवन,२२ कार्तिक ।बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर चितवनका प्रमुख, प्रहरी उपरिक्षक शान्तिराज कोइरालाले ट्राफिक ब्यवस्थापनका निम्ति दण्ड जरिवाना नै मुख्य उपाय भएको बताउनु भएको छ । प्रचलित कानुनको अक्षरश पालना गराउन मात्रै सके पनि ट्राफिक ब्यबस्थापन गर्न निकै सहज हुने उहाँको भनाई छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय सँगको समन्वयमा भरतपुरको रेडियो त्रिवेणीले आयोजना गरेको ‘सवारी दुर्घटना न्युनिकरण र ट्राफिक ब्यबस्थापनामा हाम्रो भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उठेका जिज्ञासाहरुको सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

भरतपुर महानगरपालिका, सडक डिभिजन कार्यालय चितवन, यातायात ब्यबसायी, पत्रकार महासंघ लगायतका विभिन्न सरोकार वाला निकायका प्रतिनिधिबिचको सो अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले ट्राफिक प्रहरीका कमजोरी समेत औंल्याएका थिए ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरिक्षक कोईरालाले ट्राफिक प्रहरी संगठन भित्र पनि कमजोरी रहेको स्वीकार्दै शुद्धिकरणका लागि आँफुहरु तयार रहेको प्रतिबद्धता ब्यक्त गर्नुभयो ।नारायणगढ बजारको अव्यवस्थित पार्किङ र त्यसबाट उत्पन्न ट्राफिक जामको समस्याबारे भरतपुर महानगपालिका वडा नम्बर ३ का वडाध्यक्ष चन्द्रमित्र पण्डितले खण्डन गर्नुभएको छ ।

महानगरले नारायणगढका विभिन्न क्षेत्रमा पार्किङ स्थल बनाएको भएपनि सवारी चालकहरुले त्यसको पालना नगर्दा समस्या जटिल भएको उहाँको भनाई छ । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कृष्ण गिरीले पत्रकारहरुले ट्राफिक ब्यबस्थापन सम्बन्धि अनुसरण गर्न योग्य समाचार तथा रिपोर्ट प्रशारणमा जोड दिनुपर्ने बताउनु भयो ।

सकारात्मक सन्देश दिने खालका खोजमुलक समाचार संकलन गर्न सके पत्रकारको आय आर्जन र समाचार मुलक सामग्री दुबै राम्रो भएको उहाँको भनाई छ ।सडक ब्यवस्थापनको जिम्मा ट्राफिक प्रहरीको मात्रै नभएको र आम नागरिकले पनि दायित्व बोध गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);