सरकारद्धारा फलफूलको विरुवा रोप्ने अभियान सुरु | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १९ २०८३, बिहीबार

सरकारद्धारा फलफूलको विरुवा रोप्ने अभियान सुरु

environment-day-kp-oli

काठमाडौं, २२ जेठ । सरकारले विश्व वातावरण दिवसको अवसर पारेर ‘एक नेपाली, एक फलफूलको विरुवा रोप्ने अभियान’ पनि सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सिंहदरबारमा आफूलाई मनपर्ने फलफूल लिची र एभोकाडोको २ वटा विरुवा रोपेर ‘एक नेपाली, एक फलफूलको विरुवा रोप्ने अभियान’ को शुभारम्भ गरे ।

त्यस अवसरमा उनले सबैलाई यो अभियानमा साथ दिन पनि आह्वान गरे । मुलुकको आयआर्जनको समेत भरपर्दो माध्यम भएकाले फलफूलको विरुवा रोप्ने कामलाई सरकारले अभियानको रुपमा अघि बढाएको प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।

उनले फलफूल मानव स्वास्थ्यका लागि उत्तिकै महत्व रहेकाले सरकारले विश्व वातावरण दिवसको अवसर पारेर मंगलबार यो अभियान संचालन गरेको हो । अभियान अन्तरगत आज मात्रै एक लाख भन्दाबढि फलफूलको विरुवा रोप्ने सरकारको योजना छ ।

प्रधानमन्त्री ओलीले यो अभियान वर्षभरी संचालन गरेर करोडौं फलफूलको विरुवा रोप्ने लक्ष्य लिइएको बताए । नेपालको फलफूल निर्यातका लागि योग्य बस्तु रहेको प्रधानमन्त्री ओलीको भनाई थियो ।

ताजा समाचार