सरकार सबै क्षेत्रमा हस्तक्षेप गर्दै अघि बढेको सभापति देउवाको आरोप | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सरकार सबै क्षेत्रमा हस्तक्षेप गर्दै अघि बढेको सभापति देउवाको आरोप

deuba

काठमाडौं, १४ असार । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान सरकार सबै क्षेत्रमा हस्तक्षेप गर्दै अघि बढेको आरोप लगाउनुभएको छ ।
सिन्धुपाल्चोकको सुनकोशी गाउपालिकाले सनिबार राजधानी काठमाण्डौमा गरेको विशेष कार्यक्रममा सभापति देउवाले वर्तमान सरकारले कर्मचारी प्रशासनमा अनावश्यक हस्तक्षेप गर्नुको साथै प्रेस स्वतन्त्रतामा अंकुश लगाउने काम गरेको बताउनुभएको हो ।

सभापति देउवाले जुनसुकै क्षेत्रमा अत्याधिक कर बढाएर जनतालाई सास्ती दिने काम सरकारले गरिरहेको टिप्पणी गर्नुभयो । देउवाले राष्ट्र र प्रजातन्त्रका लागि सबै भन्दा ठुलो अभिव्यक्ति स्वतन्त्रता नै नियन्त्रण गरेर सरकारले लोकतन्त्रलाई कमजोर बनाउने प्रयास गरेको आरोप लगाउनुभयो ।

सभापति देउवाले जनतालाई कुनै पनि प्रकारको कर नथप्ने सुनकोशी गाउपालिकाको निर्णयको स्वागत गर्नुभयो । कार्यक्रममा विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान समेत गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);