माफियाहरुले देशै हडप्न खोजे : सभामुख महरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८३, आइतबार

माफियाहरुले देशै हडप्न खोजे : सभामुख महरा

काठमाडौं, १४ असार । सभामुख कृष्ण बहादुर महराले माफियाहरुले देशै हडप्न खोजिरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । शनिबार भक्तपुर सूर्यविनायक नगरपालिका ४ दधिकोटस्थित दक्षिण बाराही उद्यान सामुदायिक वनमा राष्ट्रिय वृक्षरोपण तथा सरसफाई कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले केही मान्छेहरुले देशै हड्प्न खोजेको बताउनुभएको हो ।

सार्वजनिक जग्गा, बन पोखरी, सामुदायिक बन लगायत प्राकृतिक सम्पदाहरु व्यक्तिले हडप्ने प्रयास भईरहेको भन्ने सन्र्दभमा उहाँले ‘त्यत्ति मात्रै नभई केही मान्छेहरु देशै हडप्न लागेको’ बताउनुभएको हो । उहाँले यसलाई ‘राजनीतिक प्रदुषण’ को संज्ञा दिनुभयो ।

उहाँले भन्नुभयो “प्रदुषण राजनीतिमा पनि छ । अहिले भरखरै यो सामुदायिक कुनै व्यक्तिको नाममा हडप्न खोजेको सुनियो । देशै हडप्न खोजेका छन् केही मान्छेहरुले । माफियाहरुले । यो राजनीतिक प्रदुषण हो ।”

सभामुख महराले व्यक्तिका नाममा गएका सार्वजनिक जग्गा, बन, पोखरी लगायत सम्पत्तिलाई समुदायको नाममा फर्काउने ठूलो अभियान सरकारले सुरु गरिसकेको बताउनुभयो । राष्ट्रिय वृक्षरोपण कार्यक्रम अन्तर्गत सो स्थानमा २ सय बढी एभोगाडोका विरुवा रोपिएका थिए ।

ताजा समाचार