भूतपूर्व सैनिक संघ र व्यापारीको मिलेमतोमा हडप्न लागिएको सरकारी जग्गा फिर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

भूतपूर्व सैनिक संघ र व्यापारीको मिलेमतोमा हडप्न लागिएको सरकारी जग्गा फिर्ता

ghar jagga

काठमाडौं, ३ बैशाख । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ र व्यापारीको मिलेमतोमा हडप्न लागिएको एक अर्ब रुपैयाँभन्दा बढी मूल्य पर्ने जग्गा सरकारले फिर्ता ल्याएको छ । यो समाचार आजको नागरिक दैनिकमा लेखेको छ ।

ललितपुर महानगरपालिका–३ स्थित कित्ता नम्बर १८६ को ७ रोपनी १० आना जग्गा पुनः सरकारका नाममा ल्याइएको हो। यो जग्गा संघको भोगाधिकारमा थियो ।

गत माघ २ गते संघले व्यापारीलाई लिजमा स्थायी संरचना बनाउन दिएको स्वीकृति खारेज गर्दै सरकारले उक्त जग्गा फिर्ता ल्याएको हो । उक्त जग्गा २०६३ साउन २२ गते सरकारले संघलाई भोगचलनका लागि मात्रै दिएको थियो ।

गत चैत २६ गते रक्षा मन्त्रालयका सचिव रेस्मिराज पाण्डेले उक्त जग्गा फिर्ता ल्याउने निर्णय गरेका हुन् । सरकारी जग्गा हिनामिना हुन लागेको भन्दै नारायण कोइराला तथा भूपू सैनिक संघमै आबद्ध केही पूर्वसैनिकले सचिवलाई भेटेर गैरकानुनी निर्णय रोक्न माग गरेको रक्षा मन्त्रालयको सम्झौता खारेजसम्बन्धी निर्णयमा उल्लेख छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);