सरकारी जग्गा र रकमको अपचलन गरेको भन्दै रघुगंगामा कांग्रेसका प्रमुखपदका उमेद्वार भण्डारीका बिरुद्ध उजुरी | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

सरकारी जग्गा र रकमको अपचलन गरेको भन्दै रघुगंगामा कांग्रेसका प्रमुखपदका उमेद्वार भण्डारीका बिरुद्ध उजुरी

काठमाडौं । म्याग्दीको रघुगंगा गाउँपालिकाको नेपाली कांग्रेसका तर्फबाट प्रमुख पदका उमेद्ववार बनेका भब बहादुर भण्डारी विरुद्घ सरकारी जग्गा र रकमको अपचलन गरेको भन्दै उजुरी परेको छ । स्वतन्त्र मार्फत गाउँपालिकामा प्रमुख पदका उमेद्ववार बनेका सागर भण्डारी र नेकपा एमालेका तर्फबाट पालिकामा प्रमुख पदका उमेद्ववार बनेका प्रेमबहादुर कार्कीले भण्डारी विरुद्घ उजुरी गरेका हुन् ।

प्रमुख निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले गाउँपालिकालाई विभिन्न व्यक्तिले दिएको जग्गा भण्डारीले आफ्नो नाममा पासगरी उक्त जग्गामा पालिकाको रकम खर्च गरेर बजेटको दुरुपयोग गरेको बन्दै अध्यक्ष पदका उमेद्ववार प्रेमबहादुर कार्की र कुन हिसाबले जग्गाको फिर्ता गर्न लागेको भन्दै सागर भण्डारीले उजुरी दर्ता गरेको बताए । कांग्रेसका उमेद्ववार भबबहादुर भण्डारी बिरुद्घ उजुरी परेको कुरा साँचो हो, हामीले छानविन गरिरहेका छौं, आज र भोलि भित्रमा दुवै पक्षलाई छलफलमा डाकेर निर्णय गरेर अगाडि बढ्नछौं प्रमुख निर्वाचन अधिकृत पौडेलले भने ।

जग्गा दाताहरुले निशुल्क रुपमा दिएको जग्गा मध्य ८ रोपनी जग्गा गाउँपालिकाको नाममा पास भै सक्नु पर्नेमा जम्मा ५ रोपनी मात्रै पासगरी बाँकी जग्गा भण्डारीको नाममा भएको र केही जग्गा धनिलाई फिर्ता गर्नु पर्ने जग्गा समेत भण्डारीले आफ्नै नाममा पास गरेर फिर्ता नगरेका पाईएको नेकपा एमालेका तर्फबाट पालिकाका प्रमुख पदका उमेद्ववार तथा उजुरीकर्ता प्रेमबहादुर कार्कीले बताए । त्यसैगरी कुन आधारमा टेकेर गाउँपालिकाले जग्गा धनिलाई जग्गा फिर्ता गर्नु पर्ने हो सो कुरा प्रष्ट बनाउन आफुले उजुरी दर्ता गरेको स्वतन्त्रपदका उमेद्ववार सागर भण्डारीले बताए ।

यस भन्दा अगाडिको २०७४ सालमा भएको स्थानीयतहको निर्वाचनमा कांग्रेसबाटै निर्वाचित बनेका भबबहादुर भण्डारीले पालिकाबाट लगेको रकमले उनको आफ्नो नाममा रहेको जग्गा व्यवस्थापनका लागि खर्च गरेको समेत पाईएको उजुरीकर्ताहरुले बताएका छन् । यस बिषयमा थप प्रतिक्रिया लिन खोज्दा नेपाली काँग्रेसबाट पालिका अध्यक्षका उम्मेदवार एवम् नि.गाउँपालिका अध्यक्ष भण्डारीको मोवाईलमा सम्पर्क हुन सकेन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);