भूमाफियाको कब्जामा रहेका सबै सरकारी जग्गा नाममा फिर्ता ल्याउने सरकारको दावी | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८३, शुक्रबार

भूमाफियाको कब्जामा रहेका सबै सरकारी जग्गा नाममा फिर्ता ल्याउने सरकारको दावी

काठमाडाैं, २८ चैत । उपप्रधानमन्त्री ईश्वर पोखरेलले भूमाफियाको कब्जामा पुगेका सबै सरकारी जग्गा सरकारको नाममा फिर्ता ल्याउने अभियान नै चलाइएको बताएको छ ।

शुक्रबार काठमाडौंको कालोपुल क्षेत्रमा नदिले धार परिवर्तन गर्दा छुट्टिएको जग्गा सरकारले आफ्नो स्वामित्वमा ल्याएको कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले भूमाफियाको कब्जामा रहेका सबै सरकारी जग्गा फिर्ता ल्याउने अभियान नै चलाइएको बताएको हो ।

धोवी खोलाले धार परिवर्तन गर्दा बचेको जग्गालाई भूमाफियाले अवैध गुठी बनाई स्वामित्व परिवर्तन गरेका थिए । फिर्ता जग्गामा साइनबोर्ड राख्ने कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले बदनियतपूर्ण ढङ्गले सरकारी जग्गा अतिक्रमण गरेर व्यक्तिको नाममा लगिएका देशभरका सबै जग्गालाई सरकारको नाममा ल्याउने दावी गरिन् ।

अतिक्रमणमा परेका जग्गालाई सरकारको नाममा ल्याउने क्रममा प्रक्रिया पु¥याउँदा केही ढिलो हुने गरेको भएपनि सबै अतिक्रमित जग्गालाई फिर्ता अभियान भइसकेको मन्त्री तुम्बाहाङ्फेले जानकारी दिए ।

Leave a Reply

ताजा समाचार