बालुवाटारमा राष्ट्रिय झण्डा गाड्न पुगेका बिबेकशील नेपाली दलका कार्यकर्ता पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बालुवाटारमा राष्ट्रिय झण्डा गाड्न पुगेका बिबेकशील नेपाली दलका कार्यकर्ता पक्राउ

sarkari jagga-bibeksheel nepali

काठमाडौं, ४ बैशाख । भूमाफियाले कब्जा जमाएको बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गामा राष्ट्रिय झण्डा गाड्न पुगेका विवेकशील नेपाली दलका नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार बिहान सरकारी जग्गा भूमाफियाको कब्जामा परेको भन्दै विरोधमा प्रधानमन्त्री निवास पछाडि रहेको जग्गामा राष्ट्रिय झण्डा गाडन पुगेका विवेकशील नेपाली दलका अध्यक्ष उज्वल थापासहित एक दर्जनबढि नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रधानमन्त्री निवास, प्रधानन्यायाधिश निवास र सभामुखको निवास पछाडि रहेको सरकारी जग्गा भूमाफियामार्फत सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव विष्णु पौडेलको नाममा समेत बिक्री गरिएपछि विवेकशील नेपाली दलका नेता, कार्यकर्ता स्थानीयसहित बिरोधमा उत्रिएका थिए । उनीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

देशभरका सरकारी जग्गा भूमाफियाको कब्जामा पर्न नदिन सबै सरकारी जग्गामा राष्ट्रिय झण्डा गाँडने अभियान संचालन गर्नु परेको दलका अध्यक्ष थापाले जानकारी दिए ।

दलका नेता, कार्यकर्ताहरुले बालुवाटारमा रहेको १ सय १४ रोपनी सो जग्गा भूमाफियाबाट फिर्ता लिएर नागरिकका लागि उपयोग गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);