देउवासँग छलफलका लागि दाहाल र नेपाल बुढानीलकण्ठमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

देउवासँग छलफलका लागि दाहाल र नेपाल बुढानीलकण्ठमा

काठमाडौं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल पनि छलफलका लागि पुगेका छन् ।

नयाँ सरकार गठनका विकल्पबारे सबै पक्षसँग छलफल गर्ने कांग्रेस पदाधिकारी बैठकको निर्णय लगत्तै दलका नेताहरु देउवा निवास बुढानिलकण्ठ पुगेका हुन् ।

यसअघि देउवा निवासमा कांग्रेस पदाधिकारीको बैठक बसेको थियो । बैठकले पछिल्लो पटक पनि प्रधानमन्त्री र राष्ट्रपति मिलेर नेपालको संविधानमाथि घोर जालसाझी गर्ने काम भएको निष्कर्ष निकाल्दै त्यस विरुद्ध एकजुट भएर प्रतिकार गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);